इंग्ल्यान्ड वान् डे क्रिकेटको सेमिफाइनलमा
काठमाडाैं । न्युजिल्यान्डलाई एक सय १९ रनले हराउदै इंग्ल्यान्ड एक दिवसीय विश्वकप क्रिकेट प्रतियोगितको सेमिफाइनलमा प्रवेश गरेको छ ।
३ सय ६ रनको लक्ष्य पछ्याएको न्युजिल्यान्डले ४५ ओभरमा अल आउट हुँदै एक सय ८६ रनमा मात्र बनाउन सक्यो ।
न्युजिल्यान्डका लागि टम लेथमले ५७ रन जोडे । यस्तै, रोस टेलरले २८, केन विलियमसनले २७, जेम्श निशमले १९, मार्टिन गुप्टिलले आठ, मिचेल सान्टनार १२, टिम साउथी र म्याट हेनरीले समान सात र कोलिन डी ग्राण्डहोमले तीन रन जोडे ।
इंग्ल्यान्डको जितमा मार्क उडले तीन विकेट लिए । त्यस्तै क्रिस वोक्स, जोफ्रा आर्चर, लियाम प्लन्केट, बेन स्टोक्स र आदिल राशिदले एकएक विकेट हात पारे ।
त्यसअघि टस जितेर पहिला ब्याटिङ गरेको इंग्ल्यान्डले ५० ओभरमा ८ विकेट गुमाएर ३ सय ५ रन बनाएको थियो । इंग्ल्यान्डका लागि जोनी बेयरस्टोले १ सय ६ रनको शतकीय पारी खेले । यस्तै, जोसन रोयले ६०, जो रुटले २४, जस बटलरले ११, बेन स्टोक्सले ११, इओन मोर्गनले ४२, क्रिस वोक्सले चार, आदिल राशिदले १६, र लियाम प्लन्केटले १५ रन जोडे ।
न्युजिल्यान्डका लागि ट्रेन्ट बोल्ट, म्याट हेनरी र जेम्श निशमले २-२ विकेट लिए । मिचेल सान्टनार र टिम साउथीको नाममा १–१ विकेट रह्यो ।


प्रतिकृया दिनुहोस