• ३१ भदौ २०८३, बुधबार
  • Wednesday,16 September,2026

ब्राजिल र पेरु काेपा अमेरिकाकाे उपाधिका लागि भिड्ने

सनराइज खबर संवाददाता

सनराइज खबर संवाददाता

काठमाडैं । 'कोपा अमेरिका २०१९' फुटबल प्रतियाेगितामा चिलीलाई ३–० गाेलले पराजित गर्दै पेरु फाइनलमा प्रवेश गरेको छ ।

खेलको २१ औं मिनेटमा एडिसन फ्लोरेसको गोलमा पेरुले अग्रता लिएको थियो ।  खेलको ३८ औं मिनेटमा पेरुका योशीमार योतुनले दोस्रो गोल गरेपछि पेरुले अग्रता दोब्बर बनायो ।

दोस्रो हाफको इन्जुरी समयमा जुआन पाउलो गुरेरोले तेस्रो गोल गरेपछि पेरुले फाइनलमा स्थान पक्का गरेको हो । उनले रेनाटो टापियाको पासमा गोल गरेका थिए । लगत्तै चिलीले

पेनाल्टीमा एक गोल फर्काउने अवसर पाए पनि एडुआर्डो भार्गासको प्रहार पेरुका गोलरक्षकले बचाए ।

अब ब्राजिल र पेरु उपाधिका लागि भिड्ने छन् । ब्राजिलले अर्जेन्टिनालाई २–० ले हराउँदै फाइनलमा स्थान बनाएको थियो ।

प्रतिकृया दिनुहोस