केटी साथीसँग गोंगवुको गेष्टहाउसमा बसेका युवा मृत फेला
काठमाडौं । काभ्रे घर भएका प्रमोद गुरुङ्ग भर्खर विदेशबाट फर्केका थिए । बुढानिलकण्ठ स्थित नारायणस्थानमा अस्थायी बसोबास गर्ने प्रमोद र म्याग्दी घर भएकी एक युवतीको बिचमा फेसवुकमार्फत प्रेम अंकुराउँछ । मंगलबार उनीहरु घर छाडेर सँगै बस्ने योजना बनाउँछन् । अनि पुग्छन् काठमाडौंको गोंगवुस्थित शुभकलश गेष्ट हाउस ।
बुधवार बिहान सोही गेष्ट हाउसमा प्रमोद गुरुङ्ग मृत फेला परेका छन् ।
सुतिरहेको अवस्थामा प्रमोद मृत फेला परेको महानगरीय प्रहरी परिसर काठमाडौंका प्रवक्ता (डिएसपी) होविन्द्र बोगटीले जानकारी दिएका छन् । ‘फरेन्सिक डाक्टरको टोली र प्रहरी घट्नास्थलमा पुगेको छ’ डिएसपी बोगटीले भने, ‘अनुसन्धान गर्दै छौं ।’
प्रमोदको सुतिरहेको अवस्थामा मृत्यु भएको भन्दै उनकी प्रेमिकाले प्रहरीलाई खबर गरेकी थिईन् । सँगै रहेकी युवतीलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।
लोकप्रिय
सम्बन्धित खवर
-
क्यासिनोबाट प्रहरी निरीक्षक र गाउँपालिका अध्यक्षसहित ८ जना पक्राउ
-
धनुषामा प्रेम सम्बन्धले लियो युवकको ज्यान, प्रेमिकासहित तीन जना पक्राउ
-
प्रहरी निरिक्षक पुस्कर राज पन्तको अगुवाइमा डरलाग्दो अनियमितता, अख्तियारले गर्यो मुद्दा दर्ता
-
सिन्धुलीमा बैंक डकैती प्रकरण : योजनाकारसहित सात जना पक्राउ, २ करोड ६६ लाखभन्दा बढी रकम बरामद


प्रतिकृया दिनुहोस