भारत विश्कप क्रिकेट प्रतियोगिताको सेमिफाइनलमा
काठमाडौं । बंगलादेशलाई २८ रनले पराजित गर्दै भारत एकदिवसीय विश्कप क्रिकेट प्रतियोगिताको सेमिफाइनलमा प्रवेश गरेको छ ।
बंगलादेश भने यो हारसँगै प्रतियोगिताबाट बाहिरिएको छ । तीन सय १५ रनको लक्ष्य पछ्याएको बंगलादेशले ४८ ओभरमा अल आउट हुँदै दुुई सय ८६ रन मात्र बनाउन सक्यो ।
बंगलादेशका लागि सकीब अल हसनले ६६ रनको योगदान दिए । यस्तै मोहम्मद सैफुद्दीन ५१, शब्बिर रहमान ३६, सौम्य सरकारले ३३, मुश्फिकुर रहिमले २४, तामिम इकवाल र
लिटन दासले समान २२ रन जोडे ।
भारतका लागि जसप्रित बुमराहले १० ओभरमा एक मेडन सहित ५५ रन खर्चर चार विकेट लिए । यस्तै हार्दिक पान्ड्याले तीन तथा मोहम्मद शामी, भुवनेश्वर कुमार र युजभेन्द्र चहलले
एकएक विकेट लिए ।
त्यसअघि टस जितेर पहिला ब्याटिङ थालेको भारतले ५० ओभरमा नौ विकेटको गुमाएर तीन सय १४ रन बनाएको थियो । भारतका लागि राेहित शर्माले एक सय चार रनको योगदान दिए । यस्तै
लोकेश राहुलले ७७, ऋषभ पन्तले ४८, महेन्द्रसिंह धोनीले ३५, विराट कोहलीले २६, रन जोड्दा दिनेश कात्तिकले आठ, भुवनेश्वर कुमारले दुुई, र मोहम्मद सामीले एक रन जोडे ।
बंगलादेशका लागि मुस्ताफिजुर रहमानले १० ओभरमा एक मेडन सहित ५९ रन खर्चेर पाँच विकेट लिए । त्यस्तै सकीब अल हसन, सौम्य सरकार र रुबेल हसनले एकएक विकेट लिए ।
दिए । बंगलादेशका लागि मुस्ताफिजुर रहमानले १० ओभरमा १ मेडन सहित ५९ रन खर्चेर ५ विकेट हात पारे । त्यस्तै सकीब अल हसन,सौम्य सरकार र रुबेल हसनको नाममा समान
१ विकेट रह्यो ।
यो जितसँगै भारत ८ खेलमा ६ मा जित र १ मा हारकाे साथ १३ अंक जोड्दै दोस्रो स्थानमा छ । भारतले अन्तिम खेल श्रीलंकासँग ६ जुलाईमा खेल्ने छ । बंगलादेशले ८ खेलमा ३ मा जित र
४ मा हारका साथै सातौं स्थानमा छ । बंगलादेशले अन्तिम खेल पाकिस्तानसँग ५ जुलाईमा खेल्ने छ।


प्रतिकृया दिनुहोस