विश्वकप क्रिकेटमा वेस्टइन्डिज श्रीलंकासँग पराजित
काठमाडौं । आईसीसी एकदिवसीय विश्वकप क्रिकेटमा वेस्टइन्डिज श्रीलंकासँग २३ रनले पराजित भएको छ । तीन सय ३९ रनको विशाल लक्ष्य पछ्याएको वेस्टइन्डिजले निर्धारित ५० ओभरमा नौ विकेटको क्षतिमा तीन सय १५ रन मात्र बनाउन सक्यो ।
वेस्टइन्डिजका लागि निकोलस पुरनले १ सय १८ रनको योगदान दिए । यस्तै, एविएन एलिनले ५१, क्रिस गेलले ३५, शिमरोन हिटमायरले २९, जोसन होल्डरले २६, कार्लोस बर्थवेटले आठ रन जोड्दा सुनिल एम्ब्रिस र शाई होपले पाँच–पाँच रन जोडे ।
श्रीलंकाका लागि लाथिस मलिंगाले तीन विकेट लिए । यस्तै, कसुन रजित, जेफ्री भान्डरसेय र एन्जिलो मेन्थिजले एकएक विकेट लिए ।
त्यसअघि टस हारेर पहिला ब्याटिङ गरेको श्रीलंकाले ५० ओभरमा ६ विकेटको क्षतिमा तीन सय ३८ रनको योगफल बनाएको थियो ।
श्रीलंकाका लागि अभिष्का फर्नान्डोले एक सय चार रनको योगदान दिए । यस्तै, कुशल परेराले ६४, लाहिरु थिरिमनेले ४५, कुशल मेन्डिसले ३९, दिमुथ करुणारत्नले ३२ र एन्जिलो मेथ्युजले २६ रन बनाए ।
वेस्ट इन्डिजका लागि जोसन होल्डरले दुुई तथा फबिएन एलिन, ओशन थोमस र कट्रेलले एक–एक विकेट लिए ।
जितसँगै श्रीलंकाले ८ खेलबाट ८ अंक जोडेको छ । श्रीलंका तालिकाको छैटौं स्थानमा छ । प्रतियोगिताबाट बाहिरिइसकेको वेष्ट इन्डिजले भने ८ खेलबाट मात्र ३ अंक जोडेको छ ।
प्रतियोगिता अन्तर्गत आज भारत र बंगलादेश भिड्दै छन् । यि दुई टोली बीचको नेपाली समयअनुसार दिउँसो सवा ३ बजे सुरु हुनेछ ।


प्रतिकृया दिनुहोस