• १ असोज २०८३, बिहीबार
  • Thursday,17 September,2026

विश्वकप क्रिकेटको फाइनलमा पानी परे के होला ?

सनराइज खबर

सनराइज खबर

काठमाडौं । क्रिकेटलाई फुटबल पछिको सफल खेल मानिन्छ । विश्वका अधिकांश मानिसको मन पर्ने खेलभित्र पनि क्रिकेट पर्छ ।

इंगल्याण्ड र वेल्समा जारी आइसीसी एकदिवसीय विश्वकप क्रिकेटमा अहिले सबैको ध्यान केन्द्रित छ  । 

विश्वकप क्रिकेट २० ओभर र ५० ओभरमा गरेर दुई पटक हुन्छ । २० ओभरको विश्वकपलाई टि ट्वान्टी र ५० ओभरको विश्वकपलाई एकदिवसीय भनिन्छ ।

दुबै विश्वकप चार वर्षको अन्तरालमा हुने गर्दछन् । अहिले इंगल्याण्डमा जारी विश्वकप एकदिवसीय विश्वकप क्रिकेटको १२ औ संस्करण हो । 

विश्वकपको दौरान बेला बेलामा वर्षाका कारण खेल प्रभावित हुने गरेको छ । खेल प्रभावित भएपछि विश्कपमा सहभागी राष्ट्रले अंक बाढ्ने गरेका छन् ।

विश्वकपको जारी संस्करणमा पनि सहभागी टिमले यो समस्या भोगेका छन्  ।

तर, विश्वकपको फाइनल खेलमा पानी पर्यो भने के हुन्छ ? यसमा धेरैको चासो छ । पानी पर्ने सिजन भएकाले विश्वकप फाइनल के होला भन्ने सबैको चासोको बिषय बनेको हो ।

फाइनल भन्दा अघि वर्षाका कारण खेल नभएमा अङ्क  बाढ्ने प्रचलन छ । तर, फाइनलमा के होला ? 

समूह चरणमा जस्तै फाइनलमा पनि अंक बाढ्न मिल्छ । तर, फाइनलमा रिर्जभ डे राखिएको हुन्छ ।

एकदिवसीय विश्वकप क्रिकेटको फाइनल खेलका लागि एक दिनको रिजर्भ डे राखिएको छ । 

जुलाई १२ मा सेमिफाइनल खेल सकिन्छ । जुलाई १४ मा फाइनल खेल हुनेछ भने जुलाई १५ लाई रिजर्भ डे मा राखिएको हो । 

फाइनल  खेल लड्स मैदानमा हुनेछ ।

यदि जुलाई १४ अर्थात विश्वकप क्रिकेटको फाइनलमा बर्षा भएमा केहि ओभर घटाएर खेल संचालन गरिने छ । यदि खेल नै नहुने अवस्था भयो भने जुलाई १५ मा सो खेल हुनेछ । 

तर, जुलाई १५ मा पनि बर्षा बाधक बनेर खेल हुन सकेन भने विश्वकपको ट्रफि दुबै राष्ट्रले बाढ्ने छन् ।

विश्वकप क्रिकेटको यो १२ औं संस्करणमा १० टोली सहभागी छन् । राउण्ड रबिन लिगको आधारमा हुने प्रतियोगिताको शीर्ष चार टोली सेमिफाइनलमा पुग्नेछन् ।

प्रतिकृया दिनुहोस