चिया नबिकेपछि सडकमै पोखे किसानले हरियोपत्ती
मेची । उद्योगीले चिया खरीद नगरेपछि किसानले मेची राजमार्गमा हरियो चियापत्ती पोखेका छन् ।
किसानले इलाम टि प्रोड्युर्स प्रालि पञ्चकन्यामा बिक्री गर्न लगेको करीब पाँच सय किलोग्राम बढी हरियोपत्तीको गुणस्तर नपुगेको भन्दै फर्काएपछि विरोधस्वरुप सूर्योदय नगरपालिकाको गेटमै किसानले चिया पोखेका हुन् ।
किसानले आइतबार साँझ नगरपालिका अगाडि, नयाँ चोक, र फिक्कल बजारमा चिया पोखेर विरोध जनाएका छन् । यसअघि किसान र उद्योगीले सहमतिमा चिया खरीद बिक्री गर्दै आएकोमा नगरपालिकाले चियाको मूल्य निर्धारणसम्बन्धी कार्य्विधि २०७५ लागू गरेर हरियोपत्तीको न्यूनतम मूल्य प्रतिकिलो ग्राम रु ४० कायम गरेको थियो ।
उद्योगीले अहिलेको सिजनमा उत्पादन भएको चियापत्तीमा गुणस्तर खस्किएकाले नगरपालिकाले तोकेको दररेटमा चिया खरीद गर्न नसक्ने भन्दै असार १२ गतेदेखि उद्योग बन्द गरेका थिए ।
उद्योगीको सङ्गठन सूर्योदय टि प्रोड्युर्सस एशोसिएशनमा आबद्ध ५२ वटा चिया कारखाना एकै पटक बन्द भए पछि शनिबार नगरपालिका, किसान, उद्योगी र वाणिज्य सङ्घका प्रतिनिधिबीच उद्योग सञ्चालन गर्ने सहमति भएको थियो ।
समस्या समाधानका लागि तत्काल गुणस्तरका आधारमा मात्र नगरले तोकेको मूल्यमा चिया खरीद गर्ने र एक उच्चस्तरीय समिति बनाएर दीर्घकालीन रुपमा चिया क्षेत्रका समस्या समाधान गर्ने सहमति भएको थियो ।
उद्योग सञ्चालनमा आएको १२ घण्टा नबित्दै किसानको चियाको गुणस्तर नपुगेको भन्दै कारखानाले चिया फकाएपछि किसानले अर्को आन्दोलन थालेका हुन् ।
–रासस
लोकप्रिय
-
विदेशी सम्बन्धनको नाममा विद्यार्थी झुक्याउँदै एमआईटी, विगतदेखि वर्तमानसम्म प्रश्नै प्रश्न
-
बालेनले अमेरिकी कार्यवाहक राजदूत भेटेपछि एमाले नेता थापाको प्रश्न– ‘अहंकारले देशलाई कति कूटनीतिक क्षति भयो?’
-
‘मलाई पदको लोभ छैन, नेतृत्व हस्तान्तरण गर्नु मेरो दायित्व हो’ : देउवा
-
अर्थमन्त्रीज्यू, खै नेपाली झण्डा ? कि यसमा पनि बहाना बनाउने ?


प्रतिकृया दिनुहोस