टी-२० विश्वकप छनोटका लागि नेपाली टोलीको घोषणा
काठमाडौं । आइसिसी टी–२० विश्वकप छनोट प्रतियोगिताका लागि नेपाली राष्ट्रिय टोलीको घोषणा गरिएको छ । सिंगापुरमा आयोजना हुने प्रतियोगिताका लागि पारस खड्काको कप्तानीमा १४ सदस्यीय टोलीको घोषणा गरिएको हो ।
आइतबार पत्रकार सम्मेलन गरेर प्रशिक्षक उमेश पटवालले विश्वकप छनोट खेल्ने नेपाली टोलीको घोषणा गरेका हुन् ।
प्रशिक्षक पटवालसहितको छनोट समितिले बन्द प्रशिक्षणमा रहेका २५ खेलाडीबाट १४ जना खेलाडी छानेकाे हाे ।
टोलीमा शरद भेषवाकर र रोहितकुमार पौडेलले पुनरागमन गरेका छन् ।
सन् २०२० मा अष्ट्रेलियामा आयोजना हुने विश्वकपको छनोटको रुपमा रहेको फाइनल खेल जुलाई २२ देखि २८ सम्म सिंगापुरमा आयोजना हुनेछ ।
एसिया छनोट प्रतियोगितामा नेपाल सहित आयोजक सिंगापुर, मलेसिया, कतार र कुवेत रहेका छन् । यि पाँच टोलीबीच राउन्ड रोबिनको आधारमा प्रतिस्पर्धा हुनेछ ।
प्रतियोगिताको विजेता टिम ग्लोबल छनोटमा पुग्नेछ । प्रतियोगिताको विजेता भएमा नेपालले अक्टोबर २०१९ मा युएईमा हुने टी–२० विश्वकप छनोट खेल्न पाउनेछ ।
नेपालले आफ्नो पहिलो खेल २३ जुुलाईमा कतारसँग खेल्नेछ ।
यस्तो छ नेपाली टाेली :
पारस खड्का (कप्तान)
ज्ञानेन्द्र मल्ल
बसन्त रेग्मी
बिनोद भण्डारी
दिपेन्द्र सिंह ऐरी
करण केसी
ललित नारायण राजवंशी
अविनाश बोहरा
पवन सर्राफ
प्रदीप ऐरी
रोहित कुमार पौडेल
सन्दीप लामिछाने
शरद भेषवाकर
सोमपाल कामी


प्रतिकृया दिनुहोस