दक्षिण अफ्रिकाले श्रीलंकालाई हरायो
काठमाडाैं । एक दिवसीय विश्वकप क्रिकेटमा दक्षिण अफ्रिकाले श्रीलंकालाई ९ विकेटले हराएको छ ।
२ सय ४ रनको लक्ष्य दक्षिण अफ्रिकाले ३७.२ ओभरमा १ विकेटको क्षतिमा पूरा गर्याे । अफ्रिकाका लागि कप्तान फाफ डु प्लेसिसल ९६ रनमा अविजित रहे । त्यस्तै हासिम अमलाले ८० र क्विन्टन डी ककले १५ रन जोडे ।
श्रीलंकाका लागि लाथिस मलिंगाले मात्र १ विकेट लिए । त्यसअघि टस हारेर पहिले ब्याटिङ गरेको श्रीलंकाले ४९.३ ओभरमा अल आउट हुँदै २ सय ३ रन बनाएको थियो ।
दिमुथ करुणारत्ने शून्यमा आउट हुँदा फ्रर्नान्डोले ३०, कुशल मेन्डिसले २३, एन्जिलो मथ्युजले ११, धनञ्जय डी शिल्भाले २४, तिसेरा परेराले २१, इसुरु उडनाले १७ ,सुरुङ्गा लकमल
५ र लाथिस मलिंगाले ४ रन जोडे ।
दक्षिण अफ्रिका लागि ड्वाइन पिटोरियस र क्रिस मोरिसले ३-३ विकेट लिए । यस्तै, कागिसो रबाडाले २ तथा एन्डिलो फहलुकवयो र जेपी ड्युमिनीले १-१ विकेट लिए ।


प्रतिकृया दिनुहोस