भारतले दियो वेष्टइन्डिजलाई दुुई सय ६९ रनको लक्ष्य
आईसीसी एक दिवसीय विश्वकप क्रिकेटमा भारतले वेष्टइन्डिजलाई दुुई सय ६९ रनको लक्ष्य दिएकाे छ ।
म्यान्चेस्टरमा टस जितेर पहिले ब्याटिङ थालेको भारतले ५० ओभरमा सात विकेट गुमाउँदै दुुई सय ६८ रन बनायो । भारतका लागि कप्तान विराट कोहली ७२ रनको योगदान दिए ।
यस्तै, एमएस धोनीले ५६, केएल राहुलले ४८, हार्दिक पाण्डेयाले ४६, रोहित शर्माले १८ र विजय शंकरले १४ रन बनाए ।
बलिङतर्फ वेष्ट इन्डिजका लागि केमर रोचले तीन विकेट लिए । त्यस्तै जेसन होल्डर र शेल्डन कोट्रेलले दुईदुई विकेट लिए ।


प्रतिकृया दिनुहोस