• २९ भदौ २०८३, सोमबार
  • Monday,14 September,2026

अफिमसहित दुई जना पक्राउ

सनराइज खबर संवाददाता

सनराइज खबर संवाददाता

काठमाडौं । दाङको घोराही उप–महानगरपालिका–१४ बाट साढे दुई किलो अफिमसहित दुई जनालाई प्रहरीले पक्राउ गरेकाे छ । 

पक्राउ पर्नेहरुमा रोल्पा माडी–२ घर भई दाङ बस्दै आएका नरेश बुढा र घोराही उप–महानगरपालिका–११ बस्ने शुकलाल विक रहेको जिल्ला प्रहरी कार्यालय दाङका डिएसपी विनोदविक्रम शाहले जानकारी दिएका छन् ।

बुधबार राति पुरानो बसपार्क सडकमा जाँच गर्ने क्रममा ५ नम्बर प्रहरी कार्यालय विशेष ब्युरो र जिल्ला प्रहरी कार्यालय दाङबाट खटिएको प्रहरीले नरेश र शुकलालको साथबाट उक्त अफिम बरामद गरेको थियो ।

पक्राउ परेकाहरुमाथि लागुऔषध नियन्त्रणपक्राउ पर्नेहरुमा रोल्पा माडी–२ घर भई दाङ बस्दै आएका नरेश बुढा र घोराही उप–महानगरपालिका–११ बस्ने शुकलाल विक रहेको जिल्ला प्रहरी कार्यालय दाङका डिएसपी विनोदविक्रम शाहले जानकारी दिएका छन् । ऐन अनुसार मुद्दा दर्ता गरेर थप अनुसन्धान भइरहेको डिएसपी शाहले जानकारी दिएका छन् ।

प्रतिकृया दिनुहोस