• ३१ भदौ २०८३, बुधबार
  • Wednesday,16 September,2026

उप-मेयर कप महिला फुटबल: विराटनगर च्याम्पियन

सनराइज खबर

सनराइज खबर

काठमाडौं । पहिलो संस्करणको उप-मेयर कप अन्तर नगरपालिका महिला फुटबल प्रतियोगिताको उपाधि विराटनगर महानगरपालिकाले जितेको छ ।

हल्चोकस्थित सशस्त्र प्रहरी बल (एपिएफ) को खेल मैदानमा बिहीबार भएको फाइनलमा उपाधि बाह्रबिसे नगरपालिकालाई पेनाल्टी सुटआउटमा ४–१ गोल अन्तरले पराजित गर्दै विराटनगर च्याम्पियन  बनेको हो ।

खेलको निर्धारित समयमा दुवै टिमले एक-एक गोलको बराबरी खेले । विराटनगरका लागि जमुना मगर र बाह्रबिसेका लागि सम्झना लावतीले गोल गरेका थिए ।

निर्धारित समयको खेल बराबरीमा सकिएपछि खेलको निर्णय  पेनाल्टी सुटआउटबाट लिइएको थियो ।

पेनाल्टी सुटआउटमा विराटनगरकी रेखा पौडेल, ईमा राई, बिध्या राना र मनमाया लिम्बुले गोल गरिन् । बाह्रबिसेका लागि रुबिना पहरीले मात्र गोल गरिन् ।

उपाधिसंगै विराटनगरले ५ लाख रुपैयाँ प्राप्त गर्यो भने उपविजेता बाह्रबिसेले ३ लाख पायो ।

प्रतियोगिताको सर्वोकृष्ट खेलाडी बनेकी विराटनगरकी रेखा पौडेलले २५ हजार नगदसहित ट्रफी हात पारिन् ।

प्रतियोगीतामा विरानगरकी कल्पना कार्की उत्कृष्ट गोलकिपर बनिन् । उत्कृष्ट प्रशिक्षक विराटनगरका पारस चौधरी बने ।

यसैगरी बाह्रबिसेकी सरिता शेर्पा उत्कृष्ट डिफेन्डर, बाह्रबिसेकी रजनी श्रेष्ठ उत्कृष्ट मिडफिल्डर र बाह्रबिसेकै पार्वती घले उत्कृष्ट फरवार्ड घोषित भए ।

उनीहरु सबै जनाले समान  १०—१० हजार पाए ।  प्रतियोगितामा १८ टोलीले प्रतिस्पर्धा गरेका थिए । 
 

 

प्रतिकृया दिनुहोस