पाकिस्तानले हरायो न्युजिल्यान्डलाई
काठमाडाैं । एक दिवसिय विश्वकप क्रिकेटमा पाकिस्तानले न्युजिल्यान्डलाई ६ विकेटले पराजित गरेको छ ।
२ सय ३८ रनको लक्ष्य पछ्याएकाे पाकिस्तानले ४९.१ ओभरमा ४ विकेटको क्षतिमा लक्ष्य पूरा गर्याे । पाकिस्तानका बाबर आजम १ सय १ रनमा अविजित रहे ।
त्यस्तै ह्यारिस सोहेलले ६८, मोहम्मद हफिजलाई ३२, इमाम उल हकले १९, फकार जमानले ९, र शर्फराज अहमदले ५ रन जोडे ।
न्युजिल्यान्डका लागि केन विलियमसन, टेन्ट्र बोल्ट र ल्योकी फग्र्युसनले एकएक विकेट लिए ।
त्यसअघि टस जितेर पहिले ब्याटिङ गरेको न्युजिल्यान्डले ५० ओभरमा ६ विकेटको गुमाएर २ सय ३७ रन बनाएको थियो । न्युजिल्यान्डका लागि जेम्स निसम ९७ रनमा अविजित रहे ।
त्यस्तै कोलिन डी ग्रान्ड होमले ६४, केन विलियमसनले ४१, कोलिन मुनरोले १२, मार्टिन गुप्टिलले ५, रोश टेलरले ३ र टम लेथमले १ रन जोडे ।
पाकिस्तानका लागि शाहिन शाह अफ्रिदीले ३ विकेट हात पारे । यस्तै मोहम्मद आमिर र सादब खानले १-१ विकेट लिए ।


प्रतिकृया दिनुहोस