• १ असोज २०८३, बिहीबार
  • Thursday,17 September,2026

अफगानिस्तान बंगलादेशसँग पराजित

सनराइज खबर

सनराइज खबर

काठमाडौं । एक दिवसीय विश्वकप क्रिकेटमा अफगानिस्तान बंगलादेशसँग ६२ रनले पराजित भएको छ । 

टस हारेर पहिले ब्याटिङ गरेको बंगलादेशले ५० ओभरमा सात विकेटको क्षतिमा दुुई सय ६२ रन बनाएको थियो ।

बंगलादेशका लागि मुश्फिकुर रहिमले ८३ रनको योगदान दिए । यस्तै सकिब अल हसनले ५१, तामिम इकवालले ३६, मोसाद्देक हसनले ३५, महमुदुल्लाहले २७, लिटन दासले १६ र सौम्य सरकारले तीन रन जोडे । 

अफगानिस्तानका लागि मुजिव उर रहमानले तीन विकेट हात पारे । यस्तै गुलवदीन नाइबले दुुई तथा मोहम्मद नाबी र दवालत जदरानले एकएक विकेट लिए ।

जवाफमा दुुई सय ६३ रनको लक्ष्य पछ्याएको अफगानिस्तानले ४७ ओभरमा अल आउट हुँदै दुुई सय रन मात्र जोड्न सक्यो । 

अफगानिस्तानका लागि समिउल्लाह शिनवारीले ४९, गुलबदीन नाइबले ४७, रहमात शाहले २४, नजिवउल्लाह जदरान २३, अस्गर अफगानले २०, हशमतुल्लाह शाहिदी र इकराम अलीखिलले समान ११ रन जोडे । मोहम्मद नाबीलाई शुन्यमा आउट हुदा राशिद खानले दुुई रन जोडे ।

यस्तै दलावत जदरान र मुजिव उर रहमान डक आउट भए ।

बंगलादेशका लागि सकीब अल हसनले १० ओभरमा १ मेडन सहित २९ रन खर्चेर ५ विकेट हात पारे । यस्तै मुस्ताफिजुर रहमानले दुुई र मोहम्मद सैफुद्दीन तथा मोसाद्देक हसनले एकएक विकेट लिए ।

प्रतिकृया दिनुहोस