विप्लवको नयाँ शैली : नक्कली बम राखेर आतंक मच्चाउने
काठमाडौं । विप्लव समूहले आव्हान गरेको बन्दका दिन बम विष्फोट र आक्रमणका घटना खासै नभए पनि नक्कली बमको भने आतंक फैलाइएको छ । बम जस्तै देखिने गरी विप्लव समूहले ठाउँठाउँमा नक्कली बम राखेर आतंक सिर्जना गर्ने प्रयास गरेको छ ।
ललितपुरको जावलाखेलमा बम जस्तो वस्तु देखिएपछि निष्क्रिय पार्न सेनाको डिस्पोजल टोली पुगेको थियो । जावलाखेलको खेल मैदानअगाडिको सटरमा देखिएको सो शंकास्पद झोलाबाट स्कुलका कापीकिताब भेटिएको छ ।
त्यसैगरी कीर्तिपुरको नयाँ बजारमा पनि बम जस्तै देखिने गरी राखिएको वस्तु बम नभएको पुष्टि भएको छ । त्यहाँ पनि सेनाको डिस्पोजल टोली पुगेको थियो । शंकास्पद बस्तुमा बाहिरबाट तार देखिने गरी राखिएको थियो ।
उता पोखराको सिद्धार्थ चोकको तरकारी बजारमा हिजो साँझ टाइम बम लेखिएको एउटा वस्तुले आतंक सिर्जना गर्याे । सो वस्तु पनि बम थिएन । आज बिहान पोखरा महानगरपालिका–१४ चाउथेमा पनि नक्कली बम भेटिएको छ । सो ठाउँमा पनि सेनाको डिस्पोजल टोली पुगेको थियो ।
विप्लव समूहले देशका विभिन्न भागमा बम जस्तै देखिने गरी नक्कली बम राखेर आतंक सिर्जना गरेको छ ।
यसैबीच नेत्रविक्रम चन्द (विप्लव) समूहका लमजुङका जिल्ला नेता पोखरामा पक्राउ परेका छन् । सो समूहका लमजुङ सेक्रेटरी विनोद सोनामलाई कास्की प्रहरीले पोखरा महानगरपालिका–४ सिद्धाचोकबाट गएराति पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय प्रमुख एवं प्रहरी उपरीक्षक दानबहादुर कार्कीले बताए ।
लोकप्रिय
सम्बन्धित खवर
-
क्यासिनोबाट प्रहरी निरीक्षक र गाउँपालिका अध्यक्षसहित ८ जना पक्राउ
-
धनुषामा प्रेम सम्बन्धले लियो युवकको ज्यान, प्रेमिकासहित तीन जना पक्राउ
-
प्रहरी निरिक्षक पुस्कर राज पन्तको अगुवाइमा डरलाग्दो अनियमितता, अख्तियारले गर्यो मुद्दा दर्ता
-
सिन्धुलीमा बैंक डकैती प्रकरण : योजनाकारसहित सात जना पक्राउ, २ करोड ६६ लाखभन्दा बढी रकम बरामद


प्रतिकृया दिनुहोस