• २९ भदौ २०८३, सोमबार
  • Monday,14 September,2026

बाहिर सुन पसल, भित्र हुण्डि कारोबार

.

.


   
काठमाडौं ।  वीरगञ्जको माईस्थानमा रहेको के.पी. स्वर्णकला केन्द्र (सुनचाँदी पसल) मा प्रहरी र आन्तरिक राजस्व कार्यालयले छापा मारेको छ । 


सुनचाँदी पसलको आवरणमा हुण्डी कारोबार भइरहेको सूचनाको आधारमा छापा मार्दा स्रोत नखुलेको ४१ लाख ९२ हजार नौ सय नेपाली रुपैयाँ सहित अाठ जना हुण्डी कारोबारीलाई नियन्त्रणमा लिइएको जिल्ला प्रहरी कार्यालय पर्साका प्रमुख (एसपी) सोमेन्द्रसिंह राठौरले जानकारी दिए ।  


बीरगञ्ज महानगरपालिका–६ माइस्थानमा कन्हैया प्रसाद सोनारले सञ्चालन गरेको सुन पसलसँगैको कोठामा अवैध हुण्डी कारोबार सूचनाकाे अाधारमा प्रहरीले छापा मारेकाे बताइएको छ । 
प्रहरीले रौतहटका बिनोद सुनार, पर्साका राज कपुर शाह, चन्दन कुमार सर्राफ, राकेश कुमार सिंह, सुजित कुमार शाह, बाराका घनश्याम सर्राफ, भारती नागरिक सुनिल कुमार प्रसाद र गुलाब शाहलाई पक्राउ गरेको छ । 


राजस्व कार्यालय र प्रहरीको संयुक्त टोलीले के.पी. स्वर्णकला केन्द्र (सुनचाँदी पसल)मा सिलबन्दी समेत गरेको छ । 


हुण्डी कारोबारमा संलग्नहरुबारे थप अनुसन्धान भइरहेको एसपी राठौरले सनराइज खबरलाई जानकरी दिए । 
 

प्रतिकृया दिनुहोस