दक्षिण अफ्रिका विश्वकप क्रिकेटको लिग चरणबाटै बाहिरियो
काठमाडौं । एक दिवसीय विश्वकप क्रिकेट प्रतियोगितामा पाकिस्तानसँग ४९ रनले पराजित भएपछि दक्षिण अफ्रिका लिग चरणबाट बाहिरिएको छ । तीन सय नौ रनको लक्ष्य पछ्याएको दक्षिण अफ्रिकाले ५० ओभरमा नौ विकेट गुमाउँदै दुई सय ५९ रन मात्र बनाउन सक्यो ।
दक्षिण अफ्रिका लागि कप्तान फाफ डु प्लेसिसले ६३ रनको योगदान दिए । यस्तै क्विन्टन डी ककले ४७ एन्डिलो फहलुकले ४६, रस्सि भान डर दुसेनले ३६, र डेविड मिलरले ३१ रन जोड्दा मोरिसले १६ र कागिसो रबाडाले तीन रन जोडे ।
पाकिस्तानका लागि सादब खान र वहाब रियाजले तीनतीन विकेट हात पारे । यस्तै मोहम्मद आमिरले दुई र शाहिन शाह अफ्रिदीले एक विकेट लिए ।
त्यसअघि टस जितेर पहिले ब्याटिङ गरेको पाकिस्तानले ५० ओभरमा सात विकेट गुमाउँदै तीन सय आठ रन बनाएको थियो । पाकिस्तानका लागि हरिस सोहेलले ८९, बाबर आजमले ६९, फखर जमान र इमाम उलहकले समान ४४ रन जोड्दा इमाद वासिमले २३, मोहम्मद हफिजले २० रनको योगदान दिए । यस्तै वहाब रियाजले ४ रन बटुले ।
बलिङतर्फ दक्षिण अफ्रिकाका लागि लुङ्गी एन्गिडीले तीन विकेट लिए । त्यस्तै इमरान ताहिरले दुई विकेट तथा एण्डिले फेह्लुक्वाया र एडन मार्करम एक/एक विकेट लिए ।


प्रतिकृया दिनुहोस