‘सम्पन्न परिवारकी हूँ’ भन्दै २३ लाख रुपैयाँ ठगी
काठमाडौं । डायना सेकेन्ड उमेरले २१ वर्ष पुगिन् । ‘डायना रोज’ नामक फेसबुक आइडी प्रयोग गरेर केही महिनाअघि उनले भारतीय नागरिक जैन श्रीपाललाई ‘फ्रेन्ड रिक्वेस्ट’ पठाइन् ।
नाम विदेशी जस्तो भए पनि यिनी नेपाली नै हुन् ।
डायना र जैनको बीचमा कुराकानी हुन थाल्छ । केही समयअघि डायनाले जैनलाई आफू ‘उच्च सम्पन्न परिवारको सदस्य हूँ, भारतमा पनि हाम्रो ब्यवसाय छ’ भनेर म्यासेज पठाउँछिन् । उनको मेसेज हेरेर जैन दंग पर्छन् ।
नेपालमा ‘बिजनेस मिटिङ’ गर्ने कुरा हुन्छ । जैन नेपाल आउँछन् ।
डायनाले जैनलाई ‘आफू सम्पन्न परिवारको एक्लो वारेस’ भएको बताउँछिन् । अनि, जैनलाई भारतमा रहेको आफ्नो ब्यापार उनलाई नै दिने बचन दिन्छिन् ।
‘बिजनेस मिटीङ’ सकेर जैन मुम्बई फर्कने तयारी गर्छन् ।
गत शुक्रवार (असार ६) जैन त्रिभुवन विमानस्थलको भन्सारमा पुगेपछि डायनाले अर्को अनौठो प्रस्ताव गर्छिन् । त्यो प्रस्ताव यस्तो थियो– ‘मेरो बावाले पठाएको बहुमूल्य सामान प्राप्त गर्न ठूलो भन्सार रकम आवश्यक परेको हुनाले २३ लाख तत्काल चाहियो ।’
जैनले २३ लाख दिन्छन । उनले दिएको २३ लाख लिएर डायना फरार हुन्छिन् ।
भारतीय नागरिक जैन श्रीपालसँग २३ लाख ठगी गरेर फरार भएकी महोत्तरी औरही नगरपालिका–३की डायना सेकेन्डलाई प्रहरीले पक्राउ गरेको छ ।
डायनालाई शुक्रवार साँझ काठमाडौं महानगरपालिका–३२ स्थित नरेफाँटबाट पक्राउ गरिएको महानगरीय अपराध महाशाखाका प्रहरी उपरिक्षक सुशिल सिंह राठौरले जानकारी दिए । नरेफाँट स्थित डायनाको कोठा खानतलासी गर्दा ठगी गरेको मध्ये २० लाख ८० हजार रुपैयाँ नगद प्रहरीले फेला पारेको छ ।
उनलाई ठगी मुद्धामा आवश्यक कारवाहीका लागी महानगरीय प्रहरी परिसर काठमाडौं पठाइएको एसपी राठौरले सनराइज खबरलाई जानकारी दिए ।
लोकप्रिय
सम्बन्धित खवर
-
क्यासिनोबाट प्रहरी निरीक्षक र गाउँपालिका अध्यक्षसहित ८ जना पक्राउ
-
धनुषामा प्रेम सम्बन्धले लियो युवकको ज्यान, प्रेमिकासहित तीन जना पक्राउ
-
प्रहरी निरिक्षक पुस्कर राज पन्तको अगुवाइमा डरलाग्दो अनियमितता, अख्तियारले गर्यो मुद्दा दर्ता
-
सिन्धुलीमा बैंक डकैती प्रकरण : योजनाकारसहित सात जना पक्राउ, २ करोड ६६ लाखभन्दा बढी रकम बरामद


प्रतिकृया दिनुहोस