पाकिस्तानले दियो दक्षिण अफ्रिकालाई तीन सय नौ रनको लक्ष्य
विश्वकप क्रिकेटमा अाजकाे खेलमा पाकिस्तानले दक्षिण अफ्रिकालाई तीन सय नौ रनको लक्ष्य दिएको छ । लर्डस क्रिकेट मैदानमा भएको खेलमा टस जितेर पहिले ब्याटिङ गरेको पाकिस्तानले ५० ओभरमा सात विकेट गुमाउँदै तीन सय आठ रन बनाएकाे छ ।
पाकिस्तानका लागि हरिस सोहेलले ८९, बाबर आजमले ६९, फखर जमान र इमाम उलहकले समान ४४ रन जोड्दा इमाद वासिमले २३, मोहम्मद हफिजले २० रनको योगदान दिए । यस्तै वहाब रियाजले ४ रन बटुले ।
बलिङतर्फ दक्षिण अफ्रिकाका लागि लुङ्गी एन्गिडीले तीन विकेट लिए । त्यस्तै इमरान ताहिरले दुई विकेट तथा एण्डिले फेह्लुक्वाया र एडन मार्करम एकएक विकेट लिए ।


प्रतिकृया दिनुहोस