• १ असोज २०८३, बिहीबार
  • Thursday,17 September,2026

दक्षिण अफ्रिका विरुद्ध व्याटिङ गर्दै पाकिस्तान

सनराइज खबर

सनराइज खबर

 

काठमाडौं । एकदिवसिय विश्वकप क्रिकेट प्रतियोगितामा अन्तर्गत आइतबारको खेलमा दक्षिण अफ्रिका विरुद्ध पाकिस्तानले टस जितेर पहिले ब्याटिङ गर्ने निर्णय गरेको छ ।

आजको खेलमा पाकिस्तानले हसन अली र सोएब मालिकको स्थानमा  ह्यारिस सोहेल र शाहीन शाह अफ्रिदीलाइ मैदानमा उतारेको छ ।

आज पाकिस्तान टिममा इमाम उल हक, फकार जमान, बाबर आजम, मोहम्मद हफिज, सहर्फराज अहमद (कप्तान), ह्यारिस सोहेल, इमाद वासिम, वहाब रियाज, शाहिन शाह अफ्रिदी, शादव खान र मोहम्मद आमिर  रहेका छन् ।

यस्तै दक्षिण अफ्रिकामा क्विन्टन डी कक, हसिम हमला, फाफ डु प्लेसिस(कप्तान), एडेन मार्कराम, रस्सि भान डर, दुसेन, डेविड मिलर, एन्डिलो फेहलुकवलो, क्रिस मोरिस, कागिसो रबाडा, लुन्गी निडी र इमरान ताहिर छन् ।

 शीर्ष चारमा रहेर सेमिफाइनल खेल्ने आसा जिवितै राख्न आजको खेल दुबै टोलीलाई जित्नै पर्ने दबाब छ । 

 

प्रतिकृया दिनुहोस