एक जना संक्रमित भेटिएपछि यसरी फेरियाे मनाङकाे चामे
काठमाडौं । ‘बाहिर जिल्ला र विदेशबाट आएकाहरु क्वारेन्टाइनमा बसेका हुनाले कोरोना देखिन्छकी भन्ने डर थियो, नभन्दै देखिइहाल्यो’ – मनाङको चामे गाउँपालिकाका अध्यक्ष लोकेन्द्रबहादुर घलेले भन्नुभयो ।
काेराेना राेकथाम तथा नियन्त्रणका लागि अनेक प्रयास गरेपनि संक्रमण राेक्न नसकिएकाे उहाँकाे भनाइ छ । पालिकामा नभएर बाहिरबाट अाएका व्यक्तिमा संक्रमण देखिएकाले अात्तिनुपर्ने अवस्था नरहेकाे तर गाउँबासी डराएकाले तनाव बढेकाे घलेले सुनाउनुभयाे ।
गाउँपालिकामा पहिलो पटक संक्रमित भेटिएपछि सनराइज खबरसँगकाे फोन वार्तामा अध्यक्ष घलेले भन्नुभयाे - 'एक जना संक्रमितले गाउँ हल्लियाे, अशान्त बन्याे ।' स्थानीय त्रसित भएका कारण गाउँ अशान्त बनेकाे उहाँकाे भनाइ छ । बिहीबार हिमाली जिल्ला मनाङमै पहिलो पटक कोरोना संक्रमित भेटिएका हुन् ।
अध्यक्ष घलेले चामे गाउँपालिकास्थित खाद्य संस्थानका प्रमुखमा कोरोना संक्रमण पुष्टि भएको जानकारी दिनुभयो । कपिलवस्तुको बाडगंगा नगरपालिका घर भएका ५७ वर्षीय पुरुष केहीदिन अघि चामे पुगेका थिए ।
त्यहाँ पुग्नासाथ उनलाई पालिकाको क्वारेन्टाइनमा राखिएको थियो । खाद्यका हाकिमसँगै गाडीमा तीन जना पनि आएका खुलेको र उनीहरुको कन्टयाक्ट ट्रेसिङ थालिएको घलेले बताउनुभयो ।
सो क्वारेन्टाइनमा बंगलादेशबाट आएका एक जनासहित काठमाडौं लगायत जिल्लाबाट फर्किएका गरेर १० जना रहेका उहाँले बताउनुभयो । पालिकामा अहिलेसम्म भारतबाट फर्किएका भने कोही पनि नरहेका घलेले जानकारी दिनुभयाे ।
संक्रमित भेटिएपछि स्थानीयबासी निकै आत्तिएका बताउँदै लाेकेन्द्रबहादुरले भन्नुभयो – ‘लौ कोरोना देखियो अब हामी पनि मरिन्छ भनेर उहाँहरु निकै डराउनुभएको छ, यहाँका केही स्थानीयमा कोरोना लागेपछि मरिन्छ भन्ने डर छ’ – उहाँले भन्नुभयो ।
पालिकाले सचेतनामुलक कार्यक्रम गरेपनि कोरोनाबारेको भ्रम उनीहरुबाट निकाल्न नसकिएको पनि उहाँले बताउनुभयो । कोरोना संक्रमित भेटिएपछि निकै ठूलो चुनौती थपिएको बताउँदै उहाँले भन्नुभयो - 'सबैभन्दा पहिला स्थानीयको मनबाट डर हटाएर उनीहरुको स्वास्थ्य सुरक्षित गर्नुछ ।'
संक्रमित थपिएर लकडाउन वा सिल गर्नुपर्ने अवस्था आए खाने बाटो नै बन्द हुने उहाँको भनाइ छ । 'यहाँ पहाड र तराई क्षेत्रबाट खाद्यान्न आउँछ, लकडाउन भएपनि ढुवानी नरोकिएला तर अलिकति पनि प्रभावित भयो भने तनाव हुन्छ' - लाेकेन्द्रले भन्नुभयाे ।
लोकप्रिय
सम्बन्धित खवर
-
नेपालको राजनीति अहिले फरक कोर्सबाट अघि बढेको छ, संविधान संशोधन गरेरै जानुपर्छ : वर्षमान पुन
-
राष्ट्रिय सभा आदिवासी जनजातिमैत्री छैन ः राम बहादुर थापा मगर
-
पहिचानकाे आधारमा नामकरण गरेमा मात्र केही हुँदैन, प्राप्त उपलब्धी उपयोग गरौं: ओम घर्तीमगर
-
जलवायु परिवर्तनले माटोको अवस्था कमजोर बनाउँदै लगेको छ: गणेश पौडेल


प्रतिकृया दिनुहोस