हावाहुरीको कारण ७० घार मौरी नष्ट
कैलाली । कैलालीको घोडाघोडी नगरपालिका –२ मा हावाहुरीले ७० घार मौरी नष्ट गरेको छ ।
जेठ २३ गते गएको हावाहुरीले उमा खत्रीको ७० घार मौरीमा नोक्सान पुर्याएको हो ।
खत्रिले पालेको एक सय ५० घार मौरी मध्ये ७० घारमा पूर्ण क्षिति भएको उमाले सनराइज खवरलाई बताइन् ।
‘७० घार मौरी नोक्सान हुदा करिव रु पाँच लाख नोक्सान भएको छ’ उमाले भनिन् ।


प्रतिकृया दिनुहोस