गोदावरीमा मासु पसले मृत फेला
काठमाडौं । ललितपुरको गोदावरी नगरपालिका स्थित टौखेलमा मासु पसल संचालक मृत फेला परेका छन् ।
टौखेल घर भएका ३८ बर्षीय अमित शाही मृत अवस्थामा फेला परेको महानगरीय प्रहरी परिसर ललितपुरका एसएसपी टेक प्रसाद राईले जानकारी दिनुभयो ।
शाहीको घाँटी र नाडीमा चोट लागेको छ । उनको हत्या भएको आशंकामा प्रहरीले अनुसन्धान थालेको छ ।


प्रतिकृया दिनुहोस