गोलभेडा तरकारी हाे की विष ?
विकास अधिकारी -
काठमाडौं । तपाईं हाम्रो भान्सा सजाउने, खाना मीठो बनाउने गोलभेडाको ब्याड राख्दा देखि फल्दासम्म विषादी, रसायन र कीटनाशक निरन्तर हालिएको हुन्छ । सामान्यतया आधुनिक गोलभेडा खेति गरेर फलाइएको गोलभेडा विषको दाना जस्तो हुन्छ ।
गोलभेडाको ब्याड राख्दा माटोमा यूरिया, डीएपी, पोटास, जिंक हालिन्छ । त्यसैगरी भिटामिन पनि राखिन्छ । बेर्ना उम्रिएपछि बारीमा सारिन्छ । बारीमा पनि यूरिया, डीएपी, पोटास, जिंक ,फूल खेल्ने औषधी , क्याल्सियम माटोमा हालिन्छ ।
बेर्ना हुर्कन थालेपछि रोग विरुद्धको कीटनाशक हालिन्छ । डढुवा रोगका लागि विभिन्न किसिमको विषादी हालिन्छ, अधिकांशले म्यानकोजेभ हाल्ने गरेका छन् । लाही नलागोस् भनेर जीन्ब नामक विषादी हालिन्छ ।

बेर्ना अलि ठूलो भएपछि फूल खेल्ने औषधी दोस्रो पटक हालिन्छ । यसका लागि नेपालमा सामान्यतया रिमोन, फ्लुपर्याडीफ्रोन लगायतका कीटनाशक हालिन्छ ।
गोलभेडा खेतिमा हरेक १५ दिनमा टप लेसिङ गरिन्छ अर्थात् यूरिया, डीएपी र पोटास हालिन्छ । विरुवा ठूलो हुन्छ । त्यसपछि फूल, दाना नझरोस् भनेर नेपेथेलिन लगायतका औषधी र कीटनाशक हालिन्छ । दाना लाग्न थालेपछि कृत्रिम क्याल्सियम र मिनिरल्स हालिन्छ ।
दाना पाक्न थालेपछि पोटास, जिन्क तथा विभिन्न कीटनाशक क्रमवद्ध रुपमा हालिन्छ ।
निरन्तर रासायिनिक मल, कीटनाशक र रसायनहरु हालेर आकर्षक गोलभेडा फलाइन्छ । यस क्रममा कतिपय प्रतिबन्धित औषधीहरु पनि प्रयोग गरेको पाइन्छ ।
बेर्नादेखि टिप्नेबेलासम्म निरन्तर विषादी, रासायनिक मल र रसायनहरु प्रयोग गरेर हेर्दै आकर्षक रातो गोलभेडा फलाइन्छ ।
आफै विचार गरौं, यस्तो गोलभेडालाई विष मान्ने कि खानेकुरा ?


प्रतिकृया दिनुहोस