• ७ भदौ २०८३, आइतबार
  • Sunday,23 August,2026

सतुंगलका संक्रमित बालक : पालुङबाट आए, ४३ जनासँग कन्ट्याक्ट

अस्मिता क्षेत्री

अस्मिता क्षेत्री

काठमाडौं । काठमाडौंको सतुंगलमा फेला परेका सात बर्षीय कोरोना संक्रमित बालक मकवानपुरको पालुङबाट काठमाडौं आएको खुलेको छ । 

चन्द्रागिरि नगरपालिका–१० सतुंगलमा वडा कार्यालय नकिजै बस्ने उनलाई शुक्रवार साँझ कोरोना भाइरस संक्रमण भएको स्वास्थ्य मन्त्रालयले जानकारी दिएको छ ।  चन्द्रागिरि–१० का वडा अध्यक्ष गोपाल कृष्ण महर्जनका अनुसार संक्रमित बालक पैदल हिँडेर २९ वैशाखमा काठमाडौं आइपुगेका हुन् । उनीसँगै पालुङबाट पैदल आउँने यात्रु एक दर्जन थिए । 

स्थायी घर पालुङ भएका संक्रमित बालक बुबा, आमासँग सतुंगलमा भाडाको घरमा बस्छन् । 

वडा अध्यक्ष महर्जनका अनुसार उनको परिवार बस्ने घरमा घरधनी सहित ४३ जना बस्छन् । सो घर १४ दिनका लागी सिल गरिएको छ । त्यहाँ सुरक्षाकर्मी र स्वास्थ्यकर्मी खटिएका छन् ।    

संक्रमितका बुबा खानेपानी ट्याक्टर चालक हुन् । 

पालुङ्बाट आएको थाहा पाएपछि छिमेकीले वडामा खबर  गरि दिएका थिए । त्यसपछि उनीहरुको कोरोना परिक्षण गरिएको थियो । 

संक्रमित बालकलाई हाल बलम्बुस्थित एपीएफ अस्पतालको आइसोलेशनमा राखिएको छ । 
 

प्रतिकृया दिनुहोस