सतुंगलका संक्रमित बालक : पालुङबाट आए, ४३ जनासँग कन्ट्याक्ट
काठमाडौं । काठमाडौंको सतुंगलमा फेला परेका सात बर्षीय कोरोना संक्रमित बालक मकवानपुरको पालुङबाट काठमाडौं आएको खुलेको छ ।
चन्द्रागिरि नगरपालिका–१० सतुंगलमा वडा कार्यालय नकिजै बस्ने उनलाई शुक्रवार साँझ कोरोना भाइरस संक्रमण भएको स्वास्थ्य मन्त्रालयले जानकारी दिएको छ । चन्द्रागिरि–१० का वडा अध्यक्ष गोपाल कृष्ण महर्जनका अनुसार संक्रमित बालक पैदल हिँडेर २९ वैशाखमा काठमाडौं आइपुगेका हुन् । उनीसँगै पालुङबाट पैदल आउँने यात्रु एक दर्जन थिए ।
स्थायी घर पालुङ भएका संक्रमित बालक बुबा, आमासँग सतुंगलमा भाडाको घरमा बस्छन् ।
वडा अध्यक्ष महर्जनका अनुसार उनको परिवार बस्ने घरमा घरधनी सहित ४३ जना बस्छन् । सो घर १४ दिनका लागी सिल गरिएको छ । त्यहाँ सुरक्षाकर्मी र स्वास्थ्यकर्मी खटिएका छन् ।
संक्रमितका बुबा खानेपानी ट्याक्टर चालक हुन् ।
पालुङ्बाट आएको थाहा पाएपछि छिमेकीले वडामा खबर गरि दिएका थिए । त्यसपछि उनीहरुको कोरोना परिक्षण गरिएको थियो ।
संक्रमित बालकलाई हाल बलम्बुस्थित एपीएफ अस्पतालको आइसोलेशनमा राखिएको छ ।
लोकप्रिय
सम्बन्धित खवर
-
बुढानीलकण्ठमा एनएसओ चाईनाको सम्पर्क कार्यालय उद्घाटन, नेपाली विद्यार्थी र युवाबीच सहकार्य बढाउने लक्ष्य
-
कागेश्वरी मनोहरा नगर अस्पतालमा डा. दिवश बास्कोटा मेडिकल सुपरिटेन्डेन्ट र डा. निवेश सुवेदी सहायक मेडिकल सुपरिटेन्डेन्ट नियुक्त
-
Nepal Cannot Afford Further Delay in Implementing the BRI
-
केही प्रदेशमा वर्षा, तराईमा तातो लहरको सम्भावना


प्रतिकृया दिनुहोस