• ३१ भदौ २०८३, बुधबार
  • Wednesday,16 September,2026

कालापानीमा शसस्त्रको फौज राख्न गृहमन्त्रालयको टोली दार्चुला उड्यो 

सनराइज खबर संवाददाता

सनराइज खबर संवाददाता

काठमाडौं । दार्चुलाको कालापानी क्षेत्रमा बुधवार सशस्त्र प्रहरी बलको सी सुरक्षा पोष्ट (विओपी) स्थापना गरिने भएको छ । 

दार्चुलाको ब्यास नगरपालिका–१ स्थित छाङरुमा बिओपी स्थापनाका गर्न नेपाली सेनाको हेलिकप्टरमा गृहमन्त्रालयको टोली त्यसतर्फ लागेको गृहमन्त्रीको सचिवालयले जनाएको छ । 

नेपाली सेनाको एनए–०५७ हेलिकप्टरमा गृहमन्त्रीको सुरक्षा सल्लाहकार ईन्द्रजित राई, शसस्त्र प्रहरी बलका एआईजी नारायणबावु थापा, गृहमन्त्रीका प्रेस संयोजक किरण भट्टराई, स्वकीय अधिकृत सुदिप तामाङ सहितको टोली दार्चुलाको खलंगा उडेका छन् । 

खलंगाबाट २५ जना सशस्त्र प्रहरी र ९ जना नेपाल प्रहरी लिएर सो टोली छाङरु जाने बताइएको छ । छाङरुमा बिओपी स्थापनाका लागि आवश्यक बस्दोबस्तिका सामान हेलिकप्टरमा पठाइएको छ । 
 

प्रतिकृया दिनुहोस