• ३१ भदौ २०८३, बुधबार
  • Wednesday,16 September,2026

काक्रो बिक्रिबाट दैनिक २० हजार

खबर स‌ंवाददाता

खबर स‌ंवाददाता


कास्की । पोखरा महानगरपालिका–१४ चाऊथेका कृषक केवल गौतमले काक्रो बिक्रिबाट दैनिक २० हजार आम्दानी गर्दै आएका छन् । एक हजार पाचँ सय ८० वर्गमिटरको हरितगृहभित्र लगाएको भक्तपुरे स्थानीय जातको काक्रोले राम्रो उत्पादन दिन थालेपछि अहिले ऊनले दैनिक चार सय केजी काक्रो बिक्रि गरेर सो आम्दानी गरेका हुन्् । 

टनेलभित्र २३ ड्याङमा लगाइएको काक्राका बिरुवामध्ये नौमा पहिलेदेखि र बाँकीमा भर्खरै उत्पादन दिन शुरु गरेको बताउँदै उनले बैशाख महीनामा मात्र पाँच हजारभन्दा बढी केजी काक्रो बिक्रिगरेको जानकारी दिए ।

शुरुका दिनमा काक्रो होलसेलमा रु ६५ मा बिक्रि हुने गरे पनि पछिल्लो समय प्रतिकेजी रु ५० मा बिक्रि गर्ने गरेको बताउँदै कृषक गौतमले भने “उत्पादित काक्रो बिक्रि हुँदैन कि भन्ने चिन्ता छैन”, अहिले पनि व्यापारीको मागअनुसारको काक्रो पुर्याउन नसकेको अनुभव सुनाए ।

कतिपयलाई फोन सम्पर्कका आधारमा सम्बन्धित स्थानमा पुर्याइदिने गरेको जानकारी दिँदै कृषक गौतमले पोखराका राष्ट्र बैंकचोक, छोरेपाटन, रामबजार, विरौटा, पोखरा तरकारी बजारमा बिक्री गर्ने गरेको उनले बताए ।  काक्रोबाट मात्र दुई महीनाको अवधिमा १५ लाख हाराहारी आम्दानी गर्ने लक्ष्य रहेको गौतमले बताए ।

नेपाल सरकार कृषि विकास मन्त्रालय प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना (एकाइ) सुपरजोन (तरकारी) अन्तर्गत निर्माण गरिएको तापअनुकूलित हाइटेकभित्र उनले काक्रोलगायत, गोलभेँडा, सिमी, रायोसाग, धनीयालगायतका विभिन्न मौसमी तथा बेमौसी तरकारी उत्पादन गर्दै । आएका छन् ।

परियोजनाको रु ८५ लाख अनुदान र रु १५ लाख आफ्नोसहित रु एक करोडको लागतमा तीन हजार १ सय २३ वर्गमिटरका छुट्टाछुट्टै निर्माण गरिएका चार हरितगृहमध्ये यतिखेर दुईमा गोलभेँडा, एउटामा काक्रो रहेको छ । अर्कोमा रायोसाग र धनियाको बीउ रोपेका छन् ।

शारीरिकरूपमा फरक क्षमताका कारण ह्वीलचियरको सहायतामा व्यावसायिक तरकारीमार्फत यथेष्ठ आम्दानी गर्न सफल पाँच दशक पार गर्नुभएका गौतमले यतिखेर सबलाङ्गका लागि पनि माटोमा पसिना भिजाउन सके के हुँदैन भन्ने चुनौतीसमेत थपिदिनुभएको छ ।
–रासस
 

प्रतिकृया दिनुहोस