• ३१ भदौ २०८३, बुधबार
  • Wednesday,16 September,2026

अर्बपति व्यापारी सुलभ अग्रवाल कालोबजारीको आरोपमा पक्राउ

राजेश भण्डारी

राजेश भण्डारी

काठमाडौं । व्यापारिक घराना शंकर ग्रुपका मालिक सुलभ अग्रवाल पक्राउ परेका छन् । महानगरीय अपराध महाशाखाले उनलाई कालोबजारी गरेको आरोपमा पक्राउ गरेको हो । 

शंकर ग्रुपले विभिन्न किसिमका स्वास्थ्य सामग्री पनि आयात गर्ने गरेको छ । सो ग्रुपले ज्वरो नाप्ने थर्मल गन अस्वभाविक धेरै मूल्यमा बेचेको आरोप छ । कोरोना महामारी सुरु हुनु अघि शंकर ग्रुपले एक हजार पाँच सय रुपैयाँ भन्दा थोरैमा बेच्ने गरेको थर्मल गन पछि तीन हजार रुपैयाँमा बेच्न थालेको थियो । अहिले सो थर्मल गनलाई १६ हजार रुपैयाँमा बेचेको पाइएको छ । 

उनले कन्टेक्स कम्पनीको टिपी ५०० थर्मल गन १६ हजारमा बेचेका हुन् ।

नेपालका अर्बपतिमध्ये एक सुलभले विभिन्न सिमेन्ट उद्योहरु पनि चलाइरहेका छन् ।

उनी नेपालका लागि कीर्गिजिस्तानका अवैतनिक दूत पनि हुन् ।

काठमाडौंको नक्सालबाट उनलाई पक्राउ गरिएको हो । 

उनलाई अहिले महानगरी अपराध महाशाखा टेकुमा राखिएको छ । उनलाई कालोबजारीको अभियोगमा मुद्दा चलाइने भएको छ । 

यसै बीच सुलभ पक्राउ परेपछि उद्योग वाणिज्य महासंघका उच्च पदाधिकारीहरुले छलफल थालेका छन् । उनीहरुले सुलभलाई मुद्दा नचलाउन र बिना सर्त रिहा गर्न माग गर्ने भएका छन् ।

याे पनि पढाैं

सुलभको गिरफ्तारीले प्रधानमन्त्री र गृहमन्त्री नै चकित

 

 

प्रतिकृया दिनुहोस