दार्जिलिङ आइपुग्यो कोरोना, एक महिला संक्रमित
काठमाडौं । पूर्वी नेपालको सीमा जोडिएको भारतको दार्जिलिङमा पनि कोरोना देखिएको छ । दार्जिलिङ जिल्लाको कालेबुङमा एक महिलामा कोरोना संक्रमण देखिएको भारतको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।
कालेबुङकी ती महिला दक्षिण भारतको चेन्नई सहरबाट फकिएकी थिइन् । उनलाई सिलिगुडीको नर्थ बंगाल मेडिकल कलेजमा भर्ना गरिएको छ । दार्जिलिङ जिल्लामा काेराेना संक्रमणकाे याे पहिलाे घटना हाे ।
दार्जिलिङ जिल्ला नेपाली भाषी क्षेत्र हो । त्यहाँ र पूर्वी नेपालका जिल्लाहरु बीच सघन आवतजावत छ ।


प्रतिकृया दिनुहोस