• १ असोज २०८३, बिहीबार
  • Thursday,17 September,2026

विश्वमा कोरोनाका कारण ८५ करोड विद्यार्थीको पढाई प्रभावित

समाचार

समाचार

पेरिस । विश्वको विद्यार्थीहरूमध्ये झण्डै आधा सङ्ख्या कोरोना भाइरसको विश्वव्यापी प्रभावपछि विद्यालय जानबाट वञ्चित बनेका छन् ।

विश्वभरका ८५ करोड विद्यार्थीलाई कोरोना भाइरस सङ्क्रमणको प्रकोपबाट टाढा राख्न सम्बन्धित मुलुकका सरकारले विद्यालयहरु बन्द गर्ने निर्णय गरेका हुन् । साे निर्णयका कारण विद्यार्थीहरु विद्यालय तथा विश्वविद्यालय नगएका संयुक्त राष्ट्रसंघीय शैक्षिक वैज्ञानिक तथा सामाजिक संगठन (यूनेस्को)ले बुधबार जनाएको छ । 

यूनेस्कोले यसलाई शिक्षा क्षेत्रमा खडा भएको ‘अप्रत्याशित चुनौती’ भनेको छ । यूनेस्कोका अनुसार विश्वका ११३ मुलुकमा पूर्ण तथा आंशिकरूपमा विद्यालयहरू बन्द गरिएका छन् ।

यसमध्ये १०२ मुलुकमा विद्यालय पूर्णतया बन्द गरिएका छन् भने ११ अन्य मुलुकमा आंशिकरूपमा बन्द भएका छन् । यूनेस्कोका अनुसार आगामी केही दिनमा थप देशहरूले पनि विद्यालयलाई बन्द गरी विद्यार्थीका कारण सङ्क्रमण फैलिने सम्भावनालाई रोक्ने पहल भइरहेको छ ।

-रासस

प्रतिकृया दिनुहोस