काेराेनासँग जुध्न फ्रान्सले गर्याे ४५ अर्ब युरो राहत घाेषणा
पेरिस । फ्रान्स सरकारले काेराेना भाइरससँग जुध्न ४५ अर्ब युरो राहत घाेषणा गरेकाे छ ।
फ्रान्सका अर्थमन्त्री ब्रोनो ला माइरेले मङ्गलबार कोरोनाका कारण व्यापारमा घाटा व्यहाेर्नेका लागि ४५ अर्ब युरो (४० अर्ब अमेरिकी डलर) सहायता गर्ने घोषणा गरेका हुन् ।
कोरोना संक्रमणका कारण देशमा आएको विषम् आर्थिक परिस्थितिको सामना गर्न उनले राहत प्याकेजको घोषणा गरेका हुन् ।
सो रकम सन् २०२० मा कुल घरेलु उत्पादन (जीडीपी) मा गरिएको करिब एक प्रतिशत गिरावटको पूर्वानुमानका तथा कर्मचारीकाे तलब स्वरुप खर्च गरिने माइरेले जानकारी दिए ।
काेराेनाबाट फ्रान्समा १ सय ४८ निधन भएकाे छ । ६ हजार ६ सय ३३ जनामा काेराेना संक्रमण भएकाे छ ।


प्रतिकृया दिनुहोस