भिडियो कन्फ्रेन्समा आएनन् इमरान खान
काठमाडौं । कोभिड १९ विरुद्ध सार्क देशहरु मिलेर जुझ्ने उद्देश्य साथ गरिएको भिडियो कन्फ्रेन्समा पाकिस्तानका प्रधानमन्त्री इमरान खान भने सहभागी भएनन् । उनको सट्टा त्यहाँका प्रधानमन्त्री खानका विशेष प्रतिनिधि तथा स्वास्थ्य मन्त्री डा. जाफार मिर्जा सहभागी भएका छन् ।
भारत र पाकिस्तानको आपसी मतभेदको छायाँमा परेको सार्कलाई पुर्नजिवित गर्न आज भएको भिडियो कन्फ्रेन्सङको महत्वपूर्ण योगदान हुने अपेक्षा गरिएको छ ।
भारतका प्रधानमन्त्री नरेन्द्र मोदीले सार्क देशका सरकार प्रमुखहरु बीच कोभिड १९ विरुद्ध साझा बनेर जुझ्न भिडियो कन्फ्रेन्सको प्रस्ताव गरेका थिए । सो प्रस्ताव अनुसार आज साँझ पाँच बजेबाट भिडियो कन्फ्रेन्स भएको हो ।
भिडियो कन्फ्रेन्समा नेपालका प्रधानमन्त्री केपी शर्मा ओली, भारतका प्रधानमन्त्री नरेन्द्र मोदी, भुटानका प्रधानमन्त्री लोटे छिरिङ, अफगानस्तानका राष्ट्रपति असरफ घानी, माल्दिभ्सका राष्ट्रपति मोहम्मद सोलेह, श्रीलंकाका राष्ट्रपति गोताभाय राजापक्षे र बंगलादेशकी प्रधानमन्त्री शेख हसिना वाजेद सहभागी छन् ।
तर, पाकिस्तानको तर्फबाट भने प्रधानमन्त्री इमरान खान सहभागी नभएर उनका कनिष्ठ सहभागी भएका छन् ।
कोरोनासँग एक भएर लड्ने मानवीय कार्यमा पाकिस्तानले देखाएको ‘इगो’लाई अस्वाभाविक ठानिएको छ । कोभिड १९ विरुद्ध मिलेर जुझ्ने भारतको प्रस्तावलाई सार्कका सबै देशहरुले स्वागत गरेका छन् ।


प्रतिकृया दिनुहोस