• ३० भदौ २०८३, मंगलबार
  • Tuesday,15 September,2026

रास्वपा महाधिवेशन : केन्द्रीय सदस्यका लागि मतदान जारी, ९९ पदमा ३८४ उम्मेदवार प्रतिस्पर्धामा

सनराइज खबर संवाददाता

सनराइज खबर संवाददाता

 

भरतपुर । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को प्रथम महाधिवेशन अन्तर्गत केन्द्रीय सदस्य चयनका लागि विद्युतीय मतदान जारी रहेको छ।

रास्वपा केन्द्रीय निर्वाचन आयोगका प्रमुख भुवन केसी का अनुसार ९९ पदका लागि गएराति १२ बजेदेखि निरन्तर मतदान भइरहेको छ।

असार ७ गतेदेखि सुरु भएको महाधिवेशनअन्तर्गत मतदान आज बिहान १० बजेसम्म सञ्चालन हुने जनाइएको छ। बिहान ५ः५० बजेसम्म करिब एक हजार चार सय प्रतिनिधिले आफ्नो मताधिकार प्रयोग गरिसकेका छन्।

निर्वाचन आयोगले मतदान सम्पन्न भएको करिब दुई घण्टाभित्र मतपरिणाम सार्वजनिक गर्ने तयारी गरेको जनाएको छ।

केन्द्रीय सदस्यका ९९ पदका लागि ३८४ जनाले उम्मेदवारी दर्ता गराएका छन्। यसअघि पार्टी सभापतिमा रवि लामिछाने निर्विरोध निर्वाचित भइसकेका छन्।

रास्वपाको नेतृत्व चयनका लागि भइरहेको यो निर्वाचनलाई पार्टीको संगठनात्मक सुदृढीकरण र भावी राजनीतिक दिशानिर्देश निर्धारणका दृष्टिले महत्वपूर्ण रूपमा हेरिएको छ।

प्रतिकृया दिनुहोस