• २९ भदौ २०८३, सोमबार
  • Monday,14 September,2026

रास्वपाको महाधिवेशनलाई सभापति गगन थापाद्वारा शुभकामना व्यक्त

सनराइज खबर संवाददाता

सनराइज खबर संवाददाता

 

काठमाडौँ । नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को प्रथम राष्ट्रिय महाधिवेशनको अवसरमा शुभकामना व्यक्त गर्नुभएको छ। उहाँले रास्वपा सभापति रवि लामिछानेसहित सम्पूर्ण रास्वपा परिवारलाई सफलताको शुभकामना दिनुभएको छ।

चितवनको भरतपुरमा असार ९ गतेसम्म सञ्चालन हुने महाधिवेशनका अवसरमा उहाँले आज शुभकामना सन्देश जारी गर्दै रास्वपाले छोटो समयमै राष्ट्रिय राजनीतिमा उल्लेखनीय जनसमर्थन हासिल गरी आफूलाई बलियो रूपमा स्थापित गर्न सफल भएको उल्लेख गर्नुभएको छ।

थापाका अनुसार रवि लामिछानेको नेतृत्वमा संगठन निर्माणदेखि निर्वाचनसम्मको यात्रा प्रशंसनीय रहेको छ। साथै, यो महाधिवेशन रास्वपाका लागि विचार, संगठन र नीतिगत दृष्टिले अझ परिपक्व, जिम्मेवार र दूरदर्शी बन्ने ऐतिहासिक अवसर हुने उहाँले बताउनुभएको छ।

उहाँले महाधिवेशनले लोकतान्त्रिक मूल्य र अभ्यासलाई आत्मसात् गर्दै संविधानप्रदत्त नागरिक अधिकारको संरक्षणतर्फ पार्टीलाई वैचारिक रूपमा स्पष्ट, जवाफदेही र उत्तरदायी बनाउने अपेक्षा व्यक्त गर्नुभएको छ।

अन्त्यमा, उहाँले रास्वपाको महाधिवेशन सफल होस् भन्ने कामना गर्दै सभापति लामिछानेको आगामी राजनीतिक यात्रामा समेत सफलता मिलोस् भन्ने शुभकामना व्यक्त गर्नुभएको छ।

प्रतिकृया दिनुहोस