• २९ भदौ २०८३, सोमबार
  • Monday,14 September,2026

एमालेको संगठन विदेशी एजेन्डा वा स्वार्थ समूहलाई सुम्पिन सकिँदैन : महेश बस्नेत

सनराइज खबर संवाददाता

सनराइज खबर संवाददाता

काठमाडौँ । नेकपा एमालेका सचिव महेश बस्नेतले पार्टी पुनर्गठनका नाममा संगठनभित्र बाह्य प्रभाव र स्वार्थ समूहको हस्तक्षेप स्वीकार्य नहुने बताउनुभएको छ।

सामाजिक सञ्जाल फेसबुकमार्फत आफ्नो धारणा सार्वजनिक गर्दै उहाँले एमाले कुनै पनि विदेशी एजेन्डा वा स्वार्थ समूहको नियन्त्रणमा जान नसक्ने स्पष्ट पार्नुभएको छ।

बस्नेतका अनुसार एमालेको संगठन लाखौँ कार्यकर्ताको त्याग, समर्पण, संघर्ष र बलिदानको जगमा निर्माण भएको हो। उहाँले यस्तो संगठनलाई कुनै पनि अवसरवादी समूह वा व्यक्तिगत स्वार्थ पूरा गर्ने माध्यम बनाउन नहुने बताउनुभएको छ।

उहाँले पार्टीको भविष्य, विचार र संगठनात्मक शक्ति कार्यकर्ताको निष्ठा र जनताको विश्वासबाट निर्देशित हुनुपर्ने उल्लेख गर्दै कुनै पनि समूहगत स्वार्थका आधारमा पार्टी सञ्चालन गर्ने प्रयास अस्वीकार्य हुने बताउनुभएको छ।

प्रतिकृया दिनुहोस