कक्षा १२ को नतिजा सार्वजनिक, ६४.१३ प्रतिशत विद्यार्थी उत्तीर्ण
काठमाडौँ । राष्ट्रिय परीक्षा बोर्डले कक्षा १२ को परीक्षाफल सार्वजनिक गरेको छ। शुक्रबार बसेको बोर्ड बैठकपछि नतिजा औपचारिक रूपमा सार्वजनिक गरिएको बोर्डकी प्रवक्ता जयन्ती सत्यालले जानकारी दिएकी छन्।
यस वर्षको परीक्षामा कुल ४ लाख १८ हजार १७० विद्यार्थी सहभागी भएका थिए। सार्वजनिक नतिजाअनुसार तीमध्ये ६४.१३ प्रतिशत विद्यार्थी उत्तीर्ण भएका छन्।
कक्षा १२ को परीक्षा गत वैशाख १४ गतेदेखि सञ्चालन गरिएको थियो। बोर्डले नतिजा सार्वजनिक भएसँगै विद्यार्थीहरूले आफ्नो नतिजा विभिन्न माध्यमबाट हेर्न सक्ने व्यवस्था गरिएको जनाएको छ।



प्रतिकृया दिनुहोस