नेपालद्वारा अमेरिका–इरान शान्ति समझदारीको स्वागत, पश्चिम एसियामा स्थायित्वको अपेक्षा
काठमाडौं । नेपाल सरकारले अमेरिका र इरानबीच लामो समयदेखि जारी तनाव अन्त्य गर्ने उद्देश्यले आज सम्पन्न भएको ‘इस्लामाबाद समझदारीपत्र’ को स्वागत गरेको छ। उक्त शान्ति पहललाई दुवै देशका नेतृत्वबीच भएको सफल कूटनीतिक प्रयासको महत्वपूर्ण उपलब्धि रूपमा लिइएको छ।
परराष्ट्र मन्त्रालयका अनुसार नेपालले पश्चिम एसियामा उत्पन्न द्वन्द्व सुरु भएदेखि नै त्यहाँको अवस्थालाई नजिकबाट नियाल्दै आएको हो। मन्त्रालयले उक्त संघर्षका कारण विश्व अर्थतन्त्रमा गम्भीर असर परेको तथा त्यसको प्रभाव नेपालमा समेत परिरहेको उल्लेख गरेको छ।
सरकारले अमेरिका–इरानबीच भएको शान्ति सहमतिले पश्चिम एसियामा दीर्घकालीन शान्ति र स्थायित्व कायम गर्न मद्दत पुग्ने विश्वास व्यक्त गरेको छ। साथै, द्वन्द्वका कारण प्रभावित भएका समुद्री व्यापार मार्ग र यातायात प्रणाली पुनः सामान्य अवस्थामा फर्कने अपेक्षा पनि गरिएको छ।


प्रतिकृया दिनुहोस