प्रतिनिधिसभा बैठक आज बस्दै, यस्तो छ कार्यसूची
काठमाडौँ । सङ्घीय संसद्अन्तर्गत प्रतिनिधिसभाको बैठक आज बिहान ११ बजे बस्ने भएको छ। बैठकमा विनियोजन विधेयक, २०८३ अन्तर्गत विभिन्न मन्त्रालय तथा निकायका बजेट शीर्षकमाथिको छलफललाई निरन्तरता दिइने कार्यसूची रहेको छ।
आजको बैठकमा विज्ञान, प्रविधि तथा नवप्रवर्तन मन्त्रालय, कानुन, न्याय तथा संसदीय मामिला मन्त्रालय, पूर्वाधार विकास मन्त्रालय, गृह मन्त्रालय, ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालय, परराष्ट्र मन्त्रालय, अर्थ मन्त्रालय तथा रक्षा मन्त्रालयको बजेटमाथि छलफल हुने भएको छ। साथै प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, राष्ट्रिय योजना आयोगको सचिवालय, राष्ट्रपति कार्यालय र उपराष्ट्रपति कार्यालयका लागि विनियोजित बजेटमाथि पनि सांसदहरूले धारणा राख्नेछन्।
छलफलका क्रममा विभिन्न सांसदहरूले सम्बन्धित मन्त्रालयहरूको खर्च रकम घटाउन खर्च कटौती प्रस्ताव दर्ता गर्ने कार्यक्रम रहेको छ। सांसद गुरु प्रसाद बराल, रमेश कुमार मल्ल, विष्णुमाया विक, ऐनबहादुर महर, पुष्पराज कँडेल तथा पद्माकुमारी अर्यालले सम्बन्धित मन्त्रालयको खर्च रकम घटाई एक रुपैयाँ कायम गरियोस् भन्ने प्रस्ताव प्रस्तुत गर्नेछन्।
त्यसैगरी सांसद मोहम्मद इस्तियाक राईले पूर्वाधार विकास मन्त्रालय तथा परशुराम तामाङले अर्थ मन्त्रालयको बजेट रकममा कटौती गर्नुपर्ने प्रस्ताव पेश गर्ने कार्यसूची रहेको संसद् सचिवालयले जनाएको छ।
बैठकको अन्त्यमा प्रतिनिधिसभाका पूर्व सदस्य मंगलप्रसाद गुप्ताको निधनप्रति श्रद्धाञ्जली अर्पण गर्दै सभामुखले शोक प्रस्ताव प्रस्तुत गर्ने कार्यक्रमसमेत रहेको छ।
लोकप्रिय
सम्बन्धित खवर
-
बालेनले अमेरिकी कार्यवाहक राजदूत भेटेपछि एमाले नेता थापाको प्रश्न– ‘अहंकारले देशलाई कति कूटनीतिक क्षति भयो?’
-
सर्वोच्चमा बारम्बार आगजनी, एमाले नेत्री पाेखरेलले मागिन् निष्पक्ष छानबिन
-
मोतिराज खनाल बने सर्वोत्कृष्ट भजन गायक, ओप्सना अवार्डमा २४ विधामा सर्जक–कलाकार सम्मानित
-
मूल्यवृद्धि नियन्त्रणमा सरकार असफल भएको एमालेको आरोप


प्रतिकृया दिनुहोस