बृहत्तर एकताबिनाको कांग्रेस पुनःउत्थान कठिन : डा. प्रकाशशरण महत
काठमाडौँ । नेपाली कांग्रेसका नेता प्रकाशशरण महत ले पार्टीभित्र व्यापक एकता कायम हुन नसके कांग्रेसलाई पुनः नेपाली जनताको सबैभन्दा भरोसायोग्य र लोकप्रिय शक्तिका रूपमा स्थापित गर्न कठिन हुने बताउनुभएकाे छ ।
बिहीबार बाँसबारीस्थित आफ्नै निवासमा आयोजित पत्रकार सम्मेलनमा बोल्दै उनले पछिल्ला निर्वाचनपछि कांग्रेस संसद्मा सीमित सङ्ख्यामा खुम्चिएको तथा परम्परागत जनाधारसमेत कमजोर बन्दै गएको उल्लेख गर्दै पार्टी अहिले चुनौतीपूर्ण अवस्थाबाट गुज्रिरहेको बताउनुभयाे ।
उहाँले नियमित १५औँ महाधिवेशनका पक्षधर र विशेष महाधिवेशनमार्फत नेतृत्वमा पुगेका नेताहरूबीच देशभर मनोवैज्ञानिक दूरी देखिएको उल्लेख गर्दै यस्तो अवस्था कायम रहे पार्टी थप कमजोर बन्न सक्ने चेतावनी दिए। पार्टीलाई पुनर्जीवित गर्न अहिलेको प्रमुख आवश्यकता बृहत्तर एकता रहेको उहाँको भनाइ थियो।
डा. महतले विशेष महाधिवेशनबाट नेतृत्व तहमा पुगेका नेताहरूले एकताका लागि गम्भीर पहल गर्नुपर्ने आवश्यकता औँल्याउँदै पार्टीभित्रको विभाजन अन्त्य गरेर साझा लक्ष्यतर्फ अघि बढ्न आग्रह गर्नुभयाे । उहाँका अनुसार वर्तमान नेतृत्वले अपेक्षित रूपमा ठोस र जिम्मेवार कदम चाल्न नसक्दा कार्यकर्तामाझ उत्साह र भरोसा घट्दै गएको छ।
नेतृत्व तहबाट विश्वासको वातावरण निर्माण हुन नसक्दा केही नेता तथा कार्यकर्ता पार्टीबाट टाढिने र केही निष्क्रिय बन्ने अवस्था देखिएको भन्दै उहाँले चिन्ता व्यक्त गर्नुभयाे । कांग्रेसलाई पुनः सशक्त राजनीतिक शक्तिका रूपमा स्थापित गर्न ढिलाइ नगरी व्यापक छलफल र सहमतिको प्रक्रिया अघि बढाउनुपर्ने उहाँको जोड थियो।
पार्टीभित्रको समस्या सामान्य भेटघाट र अनौपचारिक संवादबाट मात्रै समाधान नहुने बताउँदै डा. महतले सबै पक्षलाई समेट्ने गरी गम्भीर, सघन र परिणाममुखी छलफल आवश्यक रहेको उल्लेख गर्नुभयाे । उहाँले छिटो निष्कर्षमा पुगेर पार्टीलाई स्पष्ट दिशा र गति दिनुपर्ने आवश्यकता औँल्याउनुभयाे ।
लोकप्रिय
सम्बन्धित खवर
-
बालेनले अमेरिकी कार्यवाहक राजदूत भेटेपछि एमाले नेता थापाको प्रश्न– ‘अहंकारले देशलाई कति कूटनीतिक क्षति भयो?’
-
सर्वोच्चमा बारम्बार आगजनी, एमाले नेत्री पाेखरेलले मागिन् निष्पक्ष छानबिन
-
मोतिराज खनाल बने सर्वोत्कृष्ट भजन गायक, ओप्सना अवार्डमा २४ विधामा सर्जक–कलाकार सम्मानित
-
मूल्यवृद्धि नियन्त्रणमा सरकार असफल भएको एमालेको आरोप


प्रतिकृया दिनुहोस