• १२ श्रावण २०८३, मंगलबार
  • Tuesday,28 July,2026

देशभर बदली, विभिन्न प्रदेशमा चट्याङ्गसहित वर्षाको सम्भावना

सनराइज खबर संवाददाता

सनराइज खबर संवाददाता

 

काठमाडौँ । उपल्लो वायुमण्डलमा रहेको पश्चिमी न्यून चापीय रेखा तथा स्थानीय वायुको प्रभावका कारण देशभर सामान्यदेखि पूर्ण बदली रहने भएको छ।

मौसम पूर्वानुमान महाशाखाका अनुसार आज दिउँसो कोशी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका हिमाली तथा पहाडी क्षेत्रका केही स्थानमा तथा मधेस प्रदेशसहित विभिन्न तराई र पहाडी भूभागका थोरै स्थानमा वर्षा हुने सम्भावना छ।

लुम्बिनी र सुदूरपश्चिम प्रदेशका तराई क्षेत्रका एक–दुई स्थानमा चट्याङ्गसहित मध्यम वर्षा हुन सक्ने अनुमान गरिएको छ। आज राति पनि देशभर बदली कायम रहनेछ भने सुदूरपश्चिम, लुम्बिनी, कोशी, मधेस, बागमती, गण्डकी र कर्णाली प्रदेशका विभिन्न पहाडी तथा तराई क्षेत्रमा चट्याङ्गसहित वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ। साथै लुम्बिनी, कर्णाली र सुदूरपश्चिमका हिमाली क्षेत्रका एक–दुई स्थानमा पनि वर्षा हुन सक्ने भएकाले आवश्यक सतर्कता अपनाउन आग्रह गरिएको छ।

प्रतिकृया दिनुहोस