• ३० भदौ २०८३, मंगलबार
  • Tuesday,15 September,2026

अदालतद्वारा ट्रम्पको आप्रवासन नीति बदर

सनराइज खबर संवाददाता

सनराइज खबर संवाददाता

 

काठमाडौं । अमेरिकाको एक संघीय अदालतले राष्ट्रपति डोनाल्ड ट्रम्प प्रशासनले लागू गरेको आप्रवासनसम्बन्धी नीतिलाई गैरकानुनी ठहर गर्दै खारेज गरेको छ।

रोड आइल्याण्डस्थित प्रोभिडेन्सका प्रमुख जिल्ला न्यायाधीश जोन म्याककोनेल ले अमेरिकी नागरिकता तथा आप्रवासन सेवा (यूएससीआईएस) ले ३९ देशका नागरिकका शरण, काम गर्ने अनुमति, ग्रिन कार्ड तथा नागरिकतासम्बन्धी आवेदन प्रक्रिया रोक्ने निर्णय कानुनविपरीत रहेको आदेश दिएका हुन्।

अदालतले जन्मस्थलका आधारमा आप्रवासीमाथि विभेद गर्न नमिल्ने उल्लेख गर्दै उक्त नीति बदर गरेको हो। यसअघि ट्रम्प प्रशासनले राष्ट्रिय सुरक्षाको कारण देखाउँदै अफगानिस्तान, इरान, हैटी, सोमालिया, भेनेजुएला र सिरियालगायत देशका नागरिकमाथि कडा प्रतिबन्ध लगाएको थियो।

अदालतको निर्णयपछि आप्रवासी अधिकारकर्मीहरूले कानुनी आप्रवासन प्रक्रियालाई अवरुद्ध गर्ने र मूल देशका आधारमा विभेद गर्ने प्रयास अस्वीकार्य रहेको बताएका छन्।

प्रतिकृया दिनुहोस