देशका केही प्रदेशमा तापक्रम वृद्धि, पहाडी तथा हिमाली क्षेत्रमा वर्षाको सम्भावना
काठमाडौं । जल तथा मौसम विज्ञान विभागको मौसम पूर्वानुमान महाशाखाले देशका केही प्रदेशमा तापक्रम बढ्ने र केही क्षेत्रमा वर्षा तथा हिमपातको सम्भावना रहेको जनाएको छ।
महाशाखाका अनुसार मधेश, कोशी, बागमती र गण्डकी प्रदेशका तराई भूभागमा तापक्रम क्रमशः बढ्ने तथा केही स्थानमा तातो दिन (Heat Wave) जस्तो अवस्था देखिन सक्ने अनुमान गरिएको छ।
यसैबीच, हिमाली तथा पहाडी क्षेत्रमा भने बदली र वर्षाको सम्भावना रहेको छ। हाल पश्चिमी क्षेत्र आसपास उपल्लो वायुमण्डलमा रहेको न्यून चापीय प्रणाली तथा स्थानीय वायुको प्रभावका कारण मौसममा परिवर्तन देखिएको हो।
महाशाखाका अनुसार गण्डकी र कर्णाली प्रदेशका हिमाली तथा पहाडी क्षेत्रमा सामान्य बदली रहेको छ भने अन्य पहाडी क्षेत्रमा आंशिक बदली र तराईका अधिकांश क्षेत्रमा मौसम सामान्यतया सफा रहेको छ। केही पहाडी तथा हिमाली जिल्लामा बिहानै हल्का वर्षा समेत भएको छ।
दिउँसो देशका हिमाली तथा पहाडी भागमा सामान्य बदली रहनेछ भने तराई क्षेत्रमा आंशिक बदली रहने अनुमान गरिएको छ। केही स्थानमा मेघगर्जन र चट्याङसहित मध्यम वर्षा वा हिमपातको सम्भावना पनि रहेको महाशाखाले जनाएको छ।
रातिको समयमा पनि हिमाली क्षेत्रमा बदली जारी रहनेछ भने पहाडी तथा तराई क्षेत्रमा आंशिक बदलीदेखि मौसम सामान्य रहने सम्भावना छ। केही स्थानमा हल्का वर्षा वा हिमपात र कतिपय क्षेत्रमा मेघगर्जनसहित मध्यम वर्षा हुन सक्ने चेतावनी दिइएको छ।
लोकप्रिय
सम्बन्धित खवर
-
बालेनले अमेरिकी कार्यवाहक राजदूत भेटेपछि एमाले नेता थापाको प्रश्न– ‘अहंकारले देशलाई कति कूटनीतिक क्षति भयो?’
-
सर्वोच्चमा बारम्बार आगजनी, एमाले नेत्री पाेखरेलले मागिन् निष्पक्ष छानबिन
-
मोतिराज खनाल बने सर्वोत्कृष्ट भजन गायक, ओप्सना अवार्डमा २४ विधामा सर्जक–कलाकार सम्मानित
-
मूल्यवृद्धि नियन्त्रणमा सरकार असफल भएको एमालेको आरोप


प्रतिकृया दिनुहोस