• २९ भदौ २०८३, सोमबार
  • Monday,14 September,2026

मोदीसँगको भेटपछि रवि : नेपाल–भारत सम्बन्ध नयाँ विकास कूटनीतितर्फ उन्मुख

सनराइज खबर संवाददाता

सनराइज खबर संवाददाता

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले नेपाल–भारत सम्बन्धलाई विगतका जटिलताभन्दा माथि उठाउँदै विकास, सहकार्य र आपसी विश्वासमा आधारित नयाँ कूटनीतिक युगतर्फ अघि बढाउने विषयमा महत्वपूर्ण छलफल भएको बताएका छन्।

बुधबार भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीसँगको भेटवार्तापछि सामाजिक सञ्जाल एक्समार्फत प्रतिक्रिया दिँदै उहाँले करिब एक घण्टा लामो र फलदायी संवाद भएको जानकारी दिनुभएको हो।

उहाँका अनुसार भेटका क्रममा नेपाल र भारतबीच रहेका साझा हितका क्षेत्रहरूमा सहकार्य विस्तार गर्ने, विकास साझेदारीलाई थप प्रभावकारी बनाउने तथा द्विपक्षीय सम्बन्धलाई नयाँ उचाइमा पुर्‍याउने विषयमा गहन विचार–विमर्श भएको थियो।

उहाँले साझा सभ्यतागत सम्बन्ध, डिजिटल पूर्वाधार तथा सहज कनेक्टिभिटीलाई प्राथमिकतामा राखेर दुवै देशबीचको साझेदारीलाई थप सुदृढ बनाउन सकिने धारणा व्यक्त गर्नुभएको छ।

सामाजिक सञ्जालमा सार्वजनिक सन्देशमा उहाँले प्रगति, आपसी विश्वास र साझा समृद्धिलाई केन्द्रमा राखेर नेपाल र भारतका जनताका लागि उपलब्ध सम्भावनाहरूलाई व्यवहारमा उतार्न आफू प्रतिबद्ध रहेको उल्लेख गर्नुभएको छ।

उहाँले नेपाल र भारतबीचको सहकार्यलाई परिणाममुखी बनाउँदै साझा समृद्धिको लक्ष्य हासिल गर्न सकिने विश्वाससमेत व्यक्त गर्नुभएको छ।

प्रतिकृया दिनुहोस