निर्माण सामग्रीको मूल्यवृद्धिविरुद्ध झापाका निर्माण व्यवसायी आन्दोलित, सडक डिभिजन कार्यालय दमकमा ज्ञापनपत्र
झापा । निर्माण सामग्री तथा इन्धनको लगातार बढ्दो मूल्यका कारण निर्माण क्षेत्र संकटमा परेको भन्दै झापाका निर्माण व्यवसायीहरूले विरोध जनाएका छन् ।
झापा जिल्ला निर्माण व्यवसायी संघको नेतृत्वमा व्यवसायीहरूले सडक डिभिजन कार्यालय दमकमा पुगेर मूल्यवृद्धि नियन्त्रण गर्न माग गर्दै ज्ञापनपत्र बुझाएका हुन् ।
व्यवसायीहरूले निर्माण सामग्री, डिजेल, बिटुमिनलगायत अत्यावश्यक वस्तुको मूल्य अस्वाभाविक रूपमा बढ्दा ठेक्का सम्झौताअनुसार काम गर्न कठिन भएको बताएका छन् । उनीहरूले हालको मूल्यवृद्धिले निर्माण व्यवसाय धरासायी हुने अवस्था सिर्जना भएको उल्लेख गर्दै सरकारसँग तत्काल हस्तक्षेपको माग गरेका छन् ।


प्रतिकृया दिनुहोस