• २९ भदौ २०८३, सोमबार
  • Monday,14 September,2026

सहकारी पीडितका सबै समस्या समाधान गरिन्छ : बलराम अधिकारी 

सनराइज खबर संवाददाता

काठमाडौं । भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्री बलराम अधिकारीले सहकारी क्षेत्रका समस्या छिटो समाधान गर्नुपर्ने बताउनुभएको छ । 

सहकारीप्रति फिँजाइएको भ्रमलाई चिर्न अत्यावश्यक रहेको अधिकारीले बताउनुभयो । मंगलबार काठमाडौंमा आयोजित सहरी सुशासन प्रवर्द्धन सम्बन्धी वाग्मती प्रदेशस्तरीय अभिमुखीकरण कार्यक्रमलाई सम्बोधन गर्दे अधिकारीले सहकारीप्रति फिँजाइएको भ्रमलाई चिरेर सहकारी ठिक छ भन्ने सन्देश दिने गरी काममा लाग्न आग्रह गर्नुभयो । ‘हामी सबै क्रियाशील भएर सहकारीप्रति फिँजाइएको भ्रमलाई छिटो चिरेर सहकारी ठिक छ भन्ने सन्देश दिन सक्छौँ भनेर जति छिटो हामी यसतर्फ लाग्न सक्छौँ, त्यति छिटो समाधान हुन्छ भन्ने मलाई विश्वास छ’, उहाँले भन्नुभयो । 

सरकारले सहकारी क्षेत्रमा नमिलेका अप्ठ्यारा परिस्थितिलाई कानुन बनाएर सच्याउने पनि उहाँले बताउनुभयो । उहाँले पुस २८ गते केही बचतकर्ताको बचत फिर्ता गर्ने व्यवस्था मिलाएको बताउँदै अब चाँडै सहकारी पीडितका सबै समस्या समाधान गर्ने बताउनुभयो । 

 

प्रतिकृया दिनुहोस