दिदीबहिनी बचतको साधारणसभा सम्पन्न
रामेछाप । मन्थली स्थिति दिदी बहिनी महिला बचत तथा ऋण सहकारी संस्था लिमिटेडको १८ औँ वार्षिक साधारण सभा शनिबार सम्पन्न भएको छ ।
संस्थाकी अध्यक्ष सोभिता न्यौपानेको अध्यक्षता तथा जिल्ला सहकारी संघ रामेछापका अध्यक्ष हिमाल ढुङ्गेलको प्रमुख आतिथ्यतामा भएको कार्यक्रममा जिल्ला बचत तथा क्षण सहकारी संस्थाका अध्यक्ष जेएन दाहाल लगायतले संस्थाको प्रगतिको शुभकामना व्यक्त गर्नुभएको थियो ।
कार्यक्रममा संस्थाकी सचिव कल्पना सत्यालले संस्थाको प्रगति प्रतिवेदन र आगामी कार्ययोजना प्रस्तुत गर्नुभएको थियो । उहाँले संस्थाले सेयर सदस्य, बचत तथा ऋण लगानी बढाउने कार्ययोजना प्रस्तुत गर्नुभयो ।
कार्यक्रममा कोषाध्यक्ष यशोदा घिमिरेको तर्फबाट लेखा सुपरिवेक्षण समितिको संयोजक पार्वती पाठकले आर्थिक प्रतिवेदन प्रस्तुत गर्नुभएको थियो ।

प्रतिवेदनमा उल्लेख भए अनुसार संस्थाले हालसम्म ८८ लाख रुपैँयाको कारोबार गरेको छ । कूल ३ सय ७३ सेयर सदस्य रहेको संस्थाको शेयर पुँजी २ लाख ६० हजार ४ सय रुपैँया पुगेको छ ।
संस्थाले गएको आर्थिक वर्षमा २ लाख ४४ हजार रुपैँया मुनाफा कमाउन सफल भएको पनि उहाँले जानकारी दिनुभयो । संस्थाको जगेडा कोषमा ५ लाख ४५ हजार रुपैँया र अन्य कोषमा १५ लाख ३ हजार रुपैँया रहेको छ ।


प्रतिकृया दिनुहोस