समावेशी बचत तथा ऋण सहकारी संस्थाको वार्षिक साधारण सभा, ३५ लाख ५१ हजार रुपैँया मुनाफा
रामेछाप । मन्थली नगरापालिका–८ चिसापानीको समावेशी बचत तथा ऋण सहकारी संस्था लिमिटेडको १५ औँ वार्षिक साधारण सभा सम्पन्न भएको छ ।
संस्थाका अध्यक्ष भीमकुमार श्रेष्ठको अध्यक्षता तथा वाग्मती प्रदेश सभाका उद्योग, पर्यटन तथा वातावरण समितिका सभापति आनन्दकुमार श्रेष्ठको प्रमुख आतिथ्यतामा भएको साधारणले शेयर सदस्यलाई १० प्रतिशत बोनस वितरण गर्ने निर्णय गरेको छ ।
कूल १ हजार ४ सय २ शेयर सदस्य रहेको सो सहकारीको कूल सम्पत्ति ८ करोड ३९ लाख रुपैँया रहेको छ । त्यस्तै शेयर पुँजी ७७ लाख ३२ हजार ४ सय रुपैँया रहेको छ । सो सहकारीले यस वर्ष ३५ लाख ५१ हजार रुपैँया कूल नाफा कमाएको छ ।
वार्षिक साधारण सभामा मन्थली नगरापालिका–८ चिसापानीका वडाध्यक्ष गोपाल श्रेष्ठ, रामेछाप जिल्ला बचत तथा ऋण सहकारी संघका अध्यक्ष जगन्नाथ दाहाल, सृजनशील युवा समाजका अध्यक्ष भुवन श्रेष्ठ लगायतले शुभकामना मन्तव्य राख्नु भएको थियो ।
कार्यक्रममा संस्थाका अध्यक्ष भीमकुमार श्रेष्ठले संस्थाको वार्षिक नीति, कार्यक्रम तथा बजेट, सचिव सुमनकुमार श्रेष्ठले संस्थाको प्रगति प्रतिवेदन तथा कोषाध्यक्ष उमेशकुमार श्रेष्ठले आर्थिक प्रतिवेदन पेस गर्नुभएको थियो ।


प्रतिकृया दिनुहोस