• ३० भदौ २०८३, मंगलबार
  • Tuesday,15 September,2026

रामेछापकाे नवजागरण बचत तथा ऋण सहकारी संस्था लिमिटेड यस वर्ष वाग्मती प्रदेशको उत्कृष्ट सहकारी 

सनराइज खबर संवाददाता

काठमाडौं । रामेछापको मन्थली स्थित नवजागरण बचत तथा ऋण सहकारी संस्था लिमिटेड यस वर्ष वाग्मती प्रदेशको उत्कृष्ट सहकारी भएको छ । 

वाग्मती प्रदेश बचत तथा ऋण सहकारी संस्था लिमिटेडको चौथो वार्षिक साधारण सभाले नवजागरणलाई उत्कृष्ट बचत तथा ऋण सहकारी संस्थाको रूपमा विभूषित गरिएको हो । 

वाग्मती प्रदेशको बचत तथा ऋण सहकारी अभियानमा समुदायमा आधारित भई कार्यक्षेत्रका अधिकतम नागरिकहरूलाई संस्थामा आबद्ध गराई उनीहरूको आर्थिक, सामाजिक, सांस्कृतिक र वातावरणीय क्षेत्रमा सकारात्मक परिवर्तनका लागि निरन्तर क्रियाशील रहको भन्दै सो सहकारीलाई उत्कृष्ट बचत तथा ऋण सहकारीको रूपमा सम्मानित गरिएको हो । ‘प्रचलित कानुन बमोजिम वित्तीय परिचालन व्यवस्थापन साथै वाग्मती प्रदेश बचत तथा ऋण सहकारी संघ लिमिटेड (बागमती प्रोस्कून) को सञ्जालमा आबद्ध भई संघसंगको व्यावसायिक सम्बन्धमा खेल्नु भएको भूमिकाको कदर गर्दै संघको चौथो वार्षिक साधारण सभाको अवसरमा बागमती प्रदेश उत्कृष्ट बचत तथा ऋण सहकारी संस्था (साकोस) २०८०/०८१ बाट विभूषित गरी यो सम्मान–पत्र प्रदान गरिएको छ’, सम्मन-पत्रमा लेखिएको छ । 

संस्थालाई आगामी दिनमा पनि संस्थाले बचत तथा ऋण सहकारी अभियानमा नमुना योग्य भूमिका निर्वाहको लागि शुभकामना व्यक्त गरिएको छ । 

करिब १० हजार सेयर सदस्य रहेका सो सहकारीको सेयर पुँजी साँढे चार करोड रहेको छ । संस्थाको कूल बचत निक्षेप ५८ करोड ३४ लाख रुपैँया भन्दाबढी रहेको छ । 

संस्थाले साँढे ३९ करोड ऋण लगानी रहेको छ । संस्थाले यस वर्ष १ करोड ३९ लाख २९ हजार २ सय १० रुपैँया नाफा कमाएको छ । त्यस मध्ये २९ लाख रुपैँया ऋण सुरक्षण कोषहरूमा राखिएको संस्थाका व्यवस्थापक रमेश उदासले जानकारी दिनुभयो ।

 

प्रतिकृया दिनुहोस