• ३० भदौ २०८३, मंगलबार
  • Tuesday,15 September,2026

अर्थमन्त्री पौडेल र एडीबीका उपाध्यक्ष याङबीच भेटवार्ता

खबर स‌ंवाददाता

काठमाडाैं । विश्व बैंक तथा अन्तर्राष्ट्रिय मुद्रा कोषको वार्षिक बैठकमा भाग लिन अमेरिकामा रहनुभएका उपप्रधान तथा अर्थमन्त्री विष्णु पौडेल र एसियाली विकास बैंक (एडीबी) का उपाध्यक्ष यिङमिन याङबीच भेटवार्ता भएकाे छ ।

उहाँहरुबीच बुधबार वासिङ्टन डीसीमा भेटवार्ता भएकाे अमेरिकास्थित नेपाली दूतावासले जनाएकाे छ । भेटमा एसियाली विकास बैंकको वर्तमान पुँजी तथा भविष्यमा नेपालसँग हुनसक्ने सहकार्यबारे छलफल भएको थियाे ।

भेटमा उपप्रधानमन्त्री पौडेलले नेपालको विकास-निर्मााणका परियोजनामा बैंकले निर्वाह गरेको भूमिकाको प्रशंसा गर्नुभयाे । उहाँले हालै आएको बाढी-पहिरोबाट प्रभावित नेपाललाई  बैंकले ३० लाख अमेरिकी डलर अनुदान दिएकाे आभार प्रकट गर्नुभयाे ।

उपाध्यक्ष याङले नयाँ साझेदारी रणनीतिको संरचनागत प्रक्रियाबारे उपप्रधानमन्त्री पौडेललाई जानकारी दिनुभएकाे राजदूतावासले जनाएकाे छ ।

प्रतिकृया दिनुहोस